धनगढी : सुदूरपश्चिमकै शक्ति पीठका रूपमा रहेको बेहडाबाबा मन्दिरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले दर्शन गरेकि छिन् । कैलालीको धनगढी–१६, रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरको दर्शन गर्न परराष्ट्र मन्त्री राणा शुक्रवार पुगेकी हुन् ।
दर्शन गर्न पुगेकी परराष्ट्र मन्त्री राणाले आगन्तुक पुस्तिकामा बेहडाबाबाको दर्शन पाएकोमा खुसी व्यक्त गर्नुहुँदै बेहडाबाबाले देशमा शान्ति तथा अमन चयनको कामना उल्लेख गरिन । हरेक वर्ष गंगादशहराका अवसरमा लाग्ने बेहडाबाबा मन्दिरमा दर्शन गर्न पुग्नु भएकी परराष्ट्र मन्त्री राणाले बेहडाबाबाले मन्दिर व्यवस्थापन समितिलाई मायाको चिनो समेत हस्तान्तरण गरेका थिए ।
यसअघि सुदूरपश्चिम आएको समयमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बेहडाबाबा मन्दिरको दर्शन गरिसकेका छन् । बिहीबारदेखि बेहडाबाबा मन्दिरमा सुरु भएको गंगादशहरा मेला जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतका उत्तर प्रदेश, उत्तराखण्डलगायतका श्रद्धालु भक्तजनहरू दर्शन गर्न बेहडाबाबा पुग्ने गर्छन् ।


