धनगढी: पछिल्लो समय अलीकति पढेलेखेको भए कि सरकारी जागिर, नभए निजि क्षेत्रको प्रतिस्ठित जागिर तिर आकर्षण बढ्ने गर्छ । स्नातक, स्नतगोत्तर गरिसकेका युवाहरु माटो र गोबरमा हात लगाउन ठिक मान्दैनन् । यतिको पढे लेखेर कोट÷पाइन्ट÷टाइमा सजिने सपना अधिकाशंको हुन्छ । तर सरकारी जागिर अनी निजि क्षेत्रको जागिरले सिमित खर्च मात्रै चल्छ, त्यो केही दिनको देखावटी बाहेक खासै उपलब्धी दिदैन भन्ने कुरा धेरैले बुझेका हुँदैनन् । आफ्नो पौरख आफ्नै लागी खर्चिने हो भने ब्यवसायको बिकल्प अरु छैन । आफ्नै ठाउँमा सामान्य भएपनि ब्यवशाय शुरु गर्न सके ढिलो भएपनि मेहेनतको फल ब्यवसायबाट नै पाइन्छ । जसको उदाहरण कञ्चनपुरका प्रकास हुन् । भरखरै ३४ बर्ष उमेर पुगेका प्रकासको पोल्ट्री ब्यवसाय धेरै युवाहरुका लागी प्रेरणाको श्रोत बनेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १० सीमावर्ती गाँउ जिमुवाका ३४ बर्षिया प्रकास दत्त भट्ट पोल्ट्री व्यवसायी हुन । डेढ दशकदेखि निरन्तर पोल्ट्री व्यवसाय गर्दै आएका प्रकासले जिल्लामा सफल व्यवसायीको पहिचान बनाएका छन । कृषी पेषामै आबद्ध बुवा कालुदत्त भट्टको कामलाई ब्यवसायिक रुपमा प्रकासले अगाडी बढाउने जमर्को गरे । प्रकासले १५ बर्ष अघि ५ लाख रुपैया बैंकबाट ऋण निकालेर पोल्ट्री व्यवसायी शुरु गरेका थिए । अहिले उनी बार्षिक करोडौँको कारोबार गरिरहेका छन । पोल्ट्री व्यवसायमा सम्भावना देखेर बैंकबाटै ऋण निकालेर कुखुरा पालन व्यवसाय शुरु गरेका प्रकासले आधुनिक मिटमार्ट पसल समेत खोलेका छन ।
उनले गाँउदेखि शहरसम्मै मिटमार्ट व्यवसाय सचालन गरेर उपभोक्ताहरुलाई ताजा मासु अण्डा उपलब्ध गराईरहेका छन । मासुका लाष्गिष् कुखुरा राजधानी काठमाण्डौँसम्म सप्लायर्स गरिरहेका छन । सुरज पोल्ट्री फर्म संचालन गरेर अहिले एकसाथ चार खोरमा बोईलर कुखुरा पालेका छन । एकातिर मासु अर्कातिर अण्डा बेच्दै उनले मनग्य आम्दानी गरिरहेका छन । समान्य किसान परिवारका प्रकासले व्यवसायबाट एकातिर ठुलो आर्थिक कारोबार अर्कातिर स्थानीयलाई रोजगारी समेत दिएका छन । प्रकासले बार्षिक ७÷८ करोडको कारोबार गर्दै आएका छन । स्वदेशमा केही छैन, यहाँ केही हुदैन भन्दै मातृभूमि छाडेर विदेशी हानिएका युवाहरुका लागि समेत प्रकास उदाहरणीय बनेका छन । प्रकासले सानो लगानीबाट शुरुवात गरेको व्यवसायलाई निरन्तरता दिर्दै ठुलो पुँजीमा कारोबार गरिरहेका छन । स्थानीय स्तरमा मात्रै नभई ठुला शहरसम्मै जिउँदै कुखुरा पु¥याईरहेका छन । उनलाई बजारको माग अनुरुप जिउँदै कुखुरा सप्लार्यसमा भ्याई नभ्याई भईरहेको छ । व्यवसायीहरुले खोरमा उत्पादन भन्दा बढि माग गर्न थालेपछि उनलाई सप्लार्यसमा कहिलेकाही समस्या आउने गरेको छ ।
शुरुवातमा १ मात्रै कच्ची खोर निर्माण गरेर व्यवसाय शुरु गरेका प्रकासले अहिले आधुनिक सहित ४ खोरमा सयौँ कुखुरा एक साथ मासुका लागि उत्पादन भईरहेका छन । तीन परम्परागत र १ आधुनिक खोर निर्माण गरेर अण्डा र मासु उत्पादन गरेका उनले आफै दानाको समेत व्यवसाय गर्दै आएका छन । कुखुरा अण्डासंगै गाँउमै पोखरी निर्माण गरेर माछा पालन समेत शुरु गरेका उनले उपभोक्ताहरुलाई स्वच्छ ताजा मासु उपलब्ध गराउने चाहना छ ।
समान्य किसान परिवारका छोरा प्रकासले रातदिन मेहनत गरेर आज जिल्लामै सफल युवा व्यवसायीकै सुचिमा आफुलाई उभ्याएका छन । ब्रम्हमण समुदायले कुखुरा पाल्नु हुँदैन भन्ने रुढीवाढी परम्परामाथि ब्रेक लगाएर उनले बोईलर कुखुरा पालन व्यवसायकै रुपमा विकास गरेका छन । प्रकासले कुखुरा पालन शुरुवात गरेदेखि अहिले १५ बर्षसम्म निरन्तर पालिरहेकै छन । हप्तामा २ हजार चल्ला पाल्दै आएका उनले डेढ÷डेढ महिनामै २ देखि ३ किलोसम्मका कुखुरा उत्पादन गरेर किक्रि वितरण गर्दैै आएका छन । कुखुरा व्यवसायकै आम्दानीबाट उनले केही बर्षअघि यातायात व्यवसाय समेत शुरुवात गरेका थिए । यातायात व्यवसायमा समय बढि झन्झटिलो हुने भएपछि केही समय मात्रै यातायात क्षेत्रतर्फ समेत पाईला चालेका प्रकासले यातायात व्यवसाय छाडेर पुरै लगानी पोल्ट्री व्यवसायतिरै लगाएका छन ।
उनले आफ्नो र घर परिवारको मात्रै जिवन निर्वाहका लागि नभई अरुको चुलोचौको चल्ने समेत गरेर स्थानीय स्तरमै रोजगारी समेत दिएका छन । २० बर्ष अघि कामको खोजिमा रहेका प्रकास अब अरुलाई काम दिने रोजगारी दिने सफलतामा पुगेका छन । ‘पहिले हामीलाई रोजगारीको आवश्यकता थियो, अहिले मैले नै युवालहरुलाई रोजगारी दिएको छु, यो निरन्तरताको फल हो, ‘उनले भने, ‘कर्म गर्दै गएपछि एक दिन अवश्य सफलता मिल्छ ।’
प्रकासले पोल्ट्री व्यवसायमा स्वदेशमै युवाका लागि केही सम्भावना भएकाले रोजेको बताउँछन । पोल्ट्री व्यवसायी प्रकासले घर परिवारका सदस्य सहित प्रत्यक्ष १२ जनालाई रोजगारी दिएका छन । दुई जिप मार्फत निरन्तर फर्मबाट स्थानीयदेखि जिल्ला बाहिरका बजारमा कुखुरा सप्लार्यस गर्दै आएका छन ।
‘पोल्ट्रीफर्ममा मेरै घरका सदस्य सहित बाहिरका १० जनालाई प्रत्यक्ष मैले रोजगारी दिन सकेको छु, ‘उनले भने, ‘अप्रंत्यक्ष रुपमा सयौँ जोडिएका छन , स्वदेशमै केही गर्न सकिन्छ, भन्ने मान्यताका साथ मैले पुष्टी गरेको छु । फर्मदेखि नै अण्डा, मासु र जिउँदै कुखुरा थोकतथा खुद्रामा बिक्रि वितरण गरिरहेको बताए । ‘मैले गाँउ र महेन्द्रनगर बजारमा आधुनिक मिटमार्ट खोलेको छु, गाँउमा पहिल्यैदेखि थियो, अहिले महेन्द्रनगर बजारमा पनि खोलेको छु विस्तार अन्य क्षेत्रमा पनि विस्तार गर्छु ।’ उनले आफुहरुले अहिलेसम्म सरकारको अनुदान बिनै व्यवसाय गरेको र भावि दिनमा आधुनिक तरिकाले पोल्ट्रीफर्मदेखि अन्य व्यवसायका लागि सरकारले प्रर्बद्धन गरे अनुदान लिने बताउँछन ।
‘हामीले सरकारको मुख ताक्ने होईन, सरकारले हामीलाई सुविधा, प्रर्बद्धन सरक्षण गर्ने हो, ‘उनले भने, ‘सरकारको मुख ताकेको भए मैले यसरी १५ बर्षदेखि निरन्तर कुखुरा व्यवसाय कहाँबाट गथ्ये ।’ बजारमा रातो मासुको साटो सेती मासुको माग बढिरहेकाले आफुले यही व्यवसाय रोजेको प्रकासले बताए । सीमावर्ती क्षेत्र भएकाले भारतबाट चोरी तस्करीका कुुखुुरा अण्डा नेपाल भित्रिने र उच्च रसायनयुक्त मासु, अण्डा सस्तोमा बिक्रि वितरण गर्ने भएकाले व्यवसायमाथि चुनौती थपिने बताए । ‘हामीसंग सहजै दक्ष एव अनुभवी जनशक्ति टिक्दैनन, उत्पादन गरेर अनुरुप शुरुवातमै बजारीकरणको चुनौती हुन्छ, खुला सीमा नाका भएकाले सरकारले पशुपन्छी अण्डामा प्रतिबन्ध लगाएपनि भित्रिन्छन, ‘उनले भने, ‘यसरी भारतबाट भित्रिने कुखुराका कारण हाम्रो व्यवसाय धरापमा पर्दै आएको छ ।’ बषौँदेखि व्यवसाय गरेकाले मैले विचमै छाड्ने कुरै भएन, यसमै सम्भावना छ, मलाई यो व्यवसायले पैशा मात्रै होईन पहिचान पनि गराएको छ, निरन्तर अघि बढाउँछु ।’ नेपालमा उत्पादित बोईलरको मासु तथा अण्डा अन्र्तराष्ट्रिय बजारमा बिक्रि वितरणका लागि विश्व व्यापार संगठनले अनुमती नदिएको अवस्थामा उत्पादित बस्तु कहिलेकाही खपतमा समस्या आउने भएकाले सरकारले यथाशिघ्र नेपालमा पालिएका खुकुरा, उत्पादित अण्डा विदेशमा समेत निर्यातको वातावरण बनाउनुपर्ने उनको सुझाव छ । कुखुरा पालनबाटै भावि दिनमा थप क्षेत्र विस्तार गरेर युवाहरुलाई स्वदेशमै रोजगारी दिने प्रकासको योजना छ ।
युवाहरुले हल्लाका पछि दौडीनु भन्दा आफ्नै ठाउँमा पौरख गर्ने आँट राख्नुपर्ने प्रकास बताउछन् । हामीले अरुलाई मात्रै दोश दिएर पन्छिनु हुँदैन उनले भने “हो राज्यले हाम्रा लागी काम गर्ने वातावरण त्यति राम्रो बनाउन सकेको छैन, अनुदानका कार्यक्रममा टाठा बाठाको हालिमुहाली छ, तरपनि हामीले आफ्नो प्रयास जारी राख्नै पर्छ, अरुले देला र मैले खाउँला भन्दापनि म आफै पकाएर खान्छु भन्ने मानसिकताका साथ अडागी बढ्न सके जिवन सफलता तर्फ अगाडी बढ्छ, हाम्रो मेहेनेत भने निरन्तर हुनुपर्छ ।” केही पढेलेखेको हुँदैमा जागिरनै गर्नुपर्छ भन्ने हाम्रो मानसिकता त्याग्नुपर्छ उनि भन्छन् “पढे लेखेर ज्ञान बढाउने हो अरुको जागिर गर्न मात्रै होइन, हामीले आफु जनमेको माटोमा हात लगाउने आँट गर्नुपर्छ, हामीले हुर्केकै माटोमा पौरख गर्नुपर्छ, हामी जुनसुकै क्षेत्रमापनि यही देशमा सफल बन्नुपर्छ, हामीले हाम्रा लागी काम गर्ने हो, सबैले आ आफ्ना लागी मात्रै काम गरेपनि हामी धेरै क्षेत्रमा आत्मनिर्भर बन्न सक्छौँ, जसबाट हाम्रो ब्यापार घाटा कम हुन्छ र नेपालको आर्थिक सुधार क्रमिक रुपमा बढ्दै जाने छ ।”
यहाँ काम नगर्ने र गफ मात्रै गर्ने परिपार्टीले सबै ध्वस्त छ उनले भने “नेता कर्मचारी देखी आम जनतापनि गफाडी भए, एक जमात बस्छ कामका कुरा भन्दापनि राजनिति अथवा ब्यक्तीका कुरा काट्न ठिक्क हुन्छन्, त्यो बेला यो समाज कसरी सुधार्ने, के गर्दा नयाँ पुस्ता आत्मनिर्भर बन्छ, के गर्दा नयाँ पुस्तालाई बिभिन्न कुलतबाट जोगाउन सकिन्छ, यस्ता बहस कुनै चिया पसलमा चलेको देख्दैन, बस राजनिति अनी नभए एक अर्काका कुरा काट्यो सकियो, यो समस्या युवा देखी ज्येष्ठ नागरिकसम्म छ, त्यस कारण हामी पछाडी छौँ, हामीलाई पछाडी पारिएको भन्दापनि हाम्रो कामले हामी पछाडी छौँ, एदी अगाडी बढ्ने हो भने कुरा होइन काम गरौँ ।” एउटा युवा जमात छ त्यो जमात न ब्यवसाय गर्छ, न रोजगारीनै उनले भने “खै कसरी जिवन चलाइरहेका छन्, फेसबुकमा यसो हेर्दा एउटै ब्यक्ती धेरै नेता अथवा अन्य ब्यक्तीकोमा कमेन्ट गरेको देख्छु के, सामाजिक सञ्जाल हेरि नसक्नु भएको छ, त्यो काम हाम्रै युवाहरुको हो, सामाजिक सञ्जाल हेर्दा नेताहरुलाई गाली गरेर हेरि नसक्नु छ, अनी यि यस्ता गतिबिधिले बन्छ त समाज, बन्छ त देश, देश बनाउने, समाज बनाउने के नेताको मात्रै ठेक्का हो, हामी कि सामाजिक सञ्जालमा कि, चिया र रक्सी भट्टीमै मस्ती गरिरहने हो, यि यस्ता परिपाटी त्यागे मात्रै आफ्नो समाज र देश बन्छ, होइन भने एक अर्काको आलोचना, गाली गरेरै जिवन सकिन्छ, अर्को आउने पुस्तालेपनि त्यहि सिक्छ, अनी कहाँबाट हामी धनी बन्छौँ, त्यस कारण युवा पुस्ताले काम गर्ने आँट गर्नुपर्छ, अनी मात्रै सबै क्षेत्र सुधार हुन्छ ।”
बेरोजगार भएर बस्नुभन्दा सामान्य लगानीबाट ब्यवसाय शुरु गर्नु उपयुक्त रहने उनि बताउछन् । एक हजार रुपयाँ लगानीबाट ब्यवसाय शुरु गरेका कयौँ ब्यक्तीहरु अहिले सफल भएका छन् उनले भने “हामीले पनि एक हजारबाट ब्यवसाय शुरु गर्न सक्छौँ नी, यसरी युवा पुस्ता कस्सिएर लाग्नुपर्छ सबैले कर्म गर्न थाल्यो भने देश बन्छ, त्यस कारण कर्म तिर सबैको ध्यान जानुपर्छ ।


