धनगढी । कैलालीमा चाेरीका आठ वटा माेटरसाइकलसहित चार जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय सुखडको टोलीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेश दत्त अवस्थी नेतृत्वकाे टोलीले घोडाघोडी नगरपालिका क्षेत्रका विभिन्न स्थानमा छापा मार्दै चोरी गरिएका ८ वटा मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरू निम्नानुसार छन्ः
• मदन सार्की (२२ वर्ष), साडेपानी, घोडाघोडी-२ – दुई पटक चोरी अभियोगमा कैद भुक्तान गरिसकेका।
• निराजन शाही (१४ वर्ष), लोहारपुर, घोडाघोडी-१ – यसअघि पनि चोरी अभियोगमा पक्राउ परेका।
• निराजन शाही (१४ वर्ष), लक्ष्मीपुर, घोडाघोडी-१
उनीहरूलाई हाल कैलाली जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका मोटरसाइकलहरूको विवरणः
१. नम्बर प्लेट नभएको Hero सुपर स्प्लेंडर (रातो-कालो रंग)।
२. सु.प.प्र. ०१-०१२ प ९३५८, बजाज पल्सर (कालो, १२५cc)।
३. सु.प.प्र. ०१-०११ प १५७८।
४. भे ९ प ६९५८, बजाज पल्सर।
५. से ५ प १०७२, Hero सुपर स्प्लेंडर (रातो-कालो)।
६. सु.प.प्र. ०१-०११ प ४३८।
७. सु.प.प्र. ०१-००८ प ४१२।
८. से ५ प ७१४९।
प्रहरीका अनुसार बरामद गरिएका मोटरसाइकलहरू विभिन्न स्थानबाट चोरी गरी ल्याइएको र ती बिक्रीका लागि तयारी अवस्थामा राखिएको थियो।


