धनगढी । धनगढीमा घरमै पार्किङ गरेको मोटरसाइकलमा आगलागी हुँदा जलेर नष्ट भएको छ । धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित बसन्त कुँवरको घरमा गएराति करिब ८ बजे भएको आगलागीबाट एउटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।
प्राप्त जानकारीअनुसार घरको परिसरमा पार्किङ गरी राखिएको सुपप्र०१–००९ प ३७५४ नम्बरको मोटरसाइकलमा एक्कासि आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


