धनगढी । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै कञ्चनपुरमा पुत्ला दहन गरिएको छ । नेकपा बहुमत निकट कम्युनिष्ट युवा संगठन नेपालले गृहमन्त्री लेखकको पुत्ला दहल गर्दै राजीनामा दिन माग गरेको छ । भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयको नेतृत्वसम्मै रकम पुग्ने गरेको भन्दै युवा संगठनले तत्काल गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी समेत गरेको छ । उनीहरुले भ्रष्ट गृहमन्त्री तत्काल राजीनामा दे, भिजिट भिसा प्रकरण तत्काल छानविन गर लगायतका नारा लगाएका थिए ।
भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष दलहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै आएका छन् ।


