दार्चुला — शैल्यशिखर नगरपालिका-५ बगौरा आगरमा भालु घरभित्र पसेर महिलालाई आक्रमण गरेको छ । शुक्रबार रातिको समयमा स्थानीय ५८ वर्षीया कलावति रावललाई भालुले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गम्भीर घाइते अवस्थामा रहेको भालु स्थानीय रामदत्त जोशीको घरभित्र पसेको थियो । भालु घरभित्र पस्ने क्रममा महिलालाई आक्रमण गरेको बुझिएको छ । भालुको आक्रमणबाट महिलाको शरीरमा घाउ रहेका छन् । घाइते रावलको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।
रातभरि जोशीको घरभित्र रहेको भालुलाई प्रहरी र डिभिजन वन कार्यालय दार्चुलाको टोलीले घर बाहिर निकालेको डिभिजन वन कार्यालय दार्चुलाका वन अधिकृत प्रमान्नद कुँवरले बताए । भालुको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । हलचल गर्न सक्ने अवस्थामा उनी नरहेको उनको भनाइ छ । गम्भीर घाइते अवस्थामा रहेको भालुलाई गोकुलेश्वर लैजाने तयारी चलेको छ । भालुको स्वास्थ्य परिक्षणपछि के कारण घाइते भएको भनेर पत्ता लाग्ने वन अधिकृत कुँवरले बताए ।