धनगढी । कमिसनको प्रभाव र दलालको दवावमा सरकार सार्वजनिक यातायातलाई ध्वस्त बनाउन लागिपरेको मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ । निजी सवारीसाधनले यातायातको काम गर्न नमिल्ने सवारी तथा यातायात व्यवस्था ऐनको व्यवस्थासंग बाझिनेगरी दलालहरुको उक्साहटमा सरकारले नियमावली जारी गरेको राईले बताउनुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाई कमिटीको दोस्रो अधिवेशनका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष राईले कमिसनकै प्रभाव र दलालहरुको दवावमा रातो नम्बर प्लेटका दुईचक्के र चारचक्के सवारीलाई यात्रु बोक्न सक्नेगरी गण्डकी लगायतका प्रदेश सरकारले नियमावली जारी गरिरहेको र सार्वजनिक सवारीसाधनमा मात्रै लागु हुनेगरी बीसवर्षे नीति लागु गरेकोमा राईले आपत्ति जनाउनुभएको छ ।
संघिय कानुनसंग बाझिने गरी प्रदेश सरकारले कानुन बनाउन नमिल्ने यदी बाझिनेगरी कानुन बनाए बाझिएको हदसम्म त्यस्ता कानुनहरु अमान्य हुने संवैधानिक व्यवस्था विरुद्ध सवारी तथा यातायात ऐन २०४९ संग बाझिने गरि गण्डकी प्रदेश सरकारले नियमावली जारी गरेको र अन्य प्रदेशहरुले पनि त्यसलाई अनुशरण गरिरहेको अवस्थामा दुबै तहका सरकार प्रलोभनका कारण मौन रहेको राईले बताउनु भयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष राईले सवारी ऐन संशाधनको प्रकृयामा रहेको भएपनि लगानीकर्ताहरु र श्रमिकका प्रतिधिहरु सरोकार र मागमुद्धाका विषयमा चासो नरोखेको प्रमुख अतिथि राईले बताउनुभयो ।
संविधान विरोधी ऐन नियमावलीहरु तत्काल खारेज गर्न आग्रह गर्दै यदी खारेज नभए व्यवसायी तथा मजदुरहरु संयुक्त रुपमा सडक संघषमा जाने राईले बताउनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि नेपाल प्रहरीका एसएसपी प्रकाश मल्ल, जिफन्ट प्रदेश अध्यक्ष जितबहादुर मल्ल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश संयोजक टेकराज जोशी, संगठन प्रदेश अध्यक्ष ललित चन्द, सुन्दुर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदमराज सापकोटा, संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष राईलाई गतिशील नेताका रुपमा सम्मान गरिएको छ । श्रम आन्दोलनका गतिशील ज्वाला मजदुर आन्दोलनसंगै पत्रकारिता, साहित्य र सामाजिक विभेद र असहायहरुको सेवामा समर्पित रहेको भन्दै सम्मान गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट इकाई धनगढीको दोस्रो अधिवेशनको अवसरमा सम्मान गरिएको हो । राईलाई नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका एसएसपी तथा कार्यक्रमका विशिष्ठ अतिथि प्रकाश मल्लले सम्मान गर्नुभएको हो ।
सो अवसरमा राई सहित जिफन्ट प्रदेश अध्यक्ष जितबहादुर मल्ललाई कुशल संगठन सम्मान, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश संयोजक टेकराज जोशीलाई दूरदर्शी व्यवसायी नेतृत्व सम्मान र सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटालाई संरक्षक सम्मानबाट विभूषित गरिएको हो ।
सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र पूदान गरिएको थियो । भानदेव पनेरुको अध्यषतामा भएको अधिवेशनको सञ्चालन रामसिं महराले गर्नुभएको थियो ।


