धनगढी: सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हलिया, कमैया, कमलरीहरुको मुक्तिसँगै उनिहरुको ब्यवस्थापनमा नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेरबहादुर देउबाले खेलेको भुमिकाको चर्चा गरेका छन् । परशुराम नगरपालिका वडा न. १२ अन्तर्गत अव्यवस्थित बसोवासिहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण तथा बितरण कार्यक्रममा उनले सभापति देउबाको चर्चा गरेका हुन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । मुख्यमन्त्री शाहले संघ सरकारले प्रदेश सरकारलाइ अधिकार दिए तीन बर्ष भित्र भुमी सम्बन्धी समस्या समाधान गर्ने बताएका छन्।
जग्गाधनी पुर्जा बितरण परशुराम नगरपालिकाका नगर प्रमुख भरत जोशिको सभापतित्वमा जोगबुडा अस्पताल सभाहलमा भएको थियो । कार्यक्रममा भुमी समस्या समाधान आयोग जिल्ला समिति डडेल्धुराको समन्वयमा पालिकाले वडाका ६४ जनालाई जग्गाधनी पुर्जा बितरण गरिएको थियो । कार्यक्रममा प्रदेशका कृषि मन्त्री वीर बहादुर थापा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट लगाएतको उपस्थिति रहेको थियो ।
यसैगरी मुख्यमन्त्री कमल बहादुर शाहले परशुराम नगरपालिका डडेल्धुरामा रहेको श्री जनज्योति माध्यमिक बिद्यालय परिसरमा बृक्षारोपण गरेका थिए । बिध्यालयका तर्फबाट बिध्याय ब्यवस्थापन समितिका अध्यक्षले आगामी बर्षमा बजेट विनियोजनका लागि ज्ञापन पत्र बुझाएका थिए।


