धनगढी: राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि जेठ १२ गते अर्थात (भोलि) हुन लागेको निर्वाचनमा कैलालीका अरुण कुवंरले सचीवमा उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा जेठ ९ गते उद्घाटन भएको १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि सहमति नभएपछि भोलि निर्वाचन हुन लागेको हो । अध्यक्षमा क्षितिज थेवे र सुमन पुरी प्रतिस्पर्धामा छन् ।
शुक्रबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त महाधिवेशन निर्वाचनको प्रक्रियामा गएको हो । नयाँ नेतृत्वका लागी हुन लागेको निर्वाचनमा कैलालीका अरुण कुवंरले सचीवमा उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिमका उदयमान युवा नेता अरुण कुँवरले सचिव पदमा आफ्नो उम्मेदवारी दिएका हुन् । हाल राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशका प्रदेश अध्यक्ष समेत रहेका कुँवर युवाहरुमाझ लोकप्रिय मानिन्छन। खासगरी युवाहरुका मुद्दामा आफुलाई सशक्त उभ्याएका उनले प्रदेश अध्यक्ष हुँदा पार्टीमा युवा आकर्षण बढाउन विभिन्न लोकप्रिय कार्यक्रमहरुपनि ल्याएका थिए।
सुदूरपश्चिमको उदाउँदो युवा नेताका रुपमा स्थापित कुँवरलाई युवा संघका पुर्व अध्यक्षहरुको समेत साथ रहेको दावी गरिएको छ । सुदूरपश्चिमबाट पनि केन्द्रीय नेताहरुका विश्वासपात्रका रुपमा चिनिएका कुँवरलाई एक अब्बल दावेदारका रुपमा हेरिएको छ।


