धनगढी: नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनको आयोजनामा परिवर्तित सार्वजनिक यातायात चुनौती र सामाजिक सुरक्षा कार्यान्वयन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनको आयोजनामा शुरु भएको कार्यशालाको नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) का केन्द्रिय अध्यक्ष बिनोद श्रेस्ठले उद्घाटन गरेका छन् । कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले प्रशिक्षण दिएका छन् । यसका साथै जिफन्टका केन्द्रिय अध्यक्ष बिनोद श्रेस्ठ लगायतले समेत प्रशिक्षण दिएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राइको अध्यक्षतामा आयोजित कार्यशालामा सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास राज्यमन्त्री निर्मला साउँद, नेकपा एमाले सुदुरपश्चिमका सचिव रण बहादुर चन्द, जिफन्ट सहकारी प्रबद्र्धन बोर्ड सयोंजक देव बहादुर बम, आयल निगम प्रादेशिक कार्यालय प्रमुख हरिदत्त जोशी, जिफन्ट प्रदेश अध्यक्ष जित बहादुर मल्ल लगायतको उपस्थिती थियो ।
यसका साथै नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासघंका केन्द्रिय उपाध्यक्ष डम्बर पन्त, सार्वजनिक यातायात केन्द्रिय महासघंका सुदुरपश्चिम प्रदेश सयोंजक टेकराज जोशी, सुन्दर सुदुरपश्चिम यातायात प्रा.लीका अध्यक्ष पदम सापकोटा, नेपाल लोकतान्त्रीक यातायात ब्यवसायी सगंठन केन्द्रिय सदस्य मोहन सिहं साउँद, हरि सिहं महरा, नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका उपाध्यक्ष ठाकुर गैह्रे, महासचिव केशव थापा (निरु) लगायतको सहभागिता थियो भने कार्यक्रमको सञ्चालन नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदुरपश्चिम अध्यक्ष ललित चन्दले गरेका थिए ।

कार्यक्रमकै अवशरमा यातायात चालक तथा सह–चालकहरुलाई सडक शरक्षा तथा दर्घटना न्युनिकरण सम्बन्धी ट्राफिक कार्यालय कैलालीका प्रतिनिधी र नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका अध्यक्ष भिम ज्वाला राइले प्रसशक्षण दिएका थिए । जेठ १२ गते (भोली) धनगढीमै नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनको बैठक समेत राखिएको छ ।


