धनगढी: एउटा लक्ष लिएर कर्म गरे त्यसको फल अवश्य पाइन्छ । जसले कर्म गर्छ त्यसले ढिलो भएपनि फल अवश्यनै पाउँछ । हो यस्तै कर्ममा बिश्वास गर्ने धनगढीका एक युवा जो अहिले युवाहरुका प्रेरणाका श्रोत छन् । मध्यम परिवारमा हुर्केका युवाले जागिरनै खानुपर्छ भन्ने मानसिकतालाई त्यागेर ब्यवशाय तिर ठुलो लगानी गरेका शैलेस सिहं हुन् । आमा बुवाको पौरखमा थप उर्जा दिनुपर्छ अनी आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेका सिहं अहिले धनगढीमा प्रतिस्ठित गलेज अनी मेट्रस सञ्चालन गरिरहेका छन् । आफ्नो युवा उमेरको उर्जा र लगानी आफ्नै देशमा खर्च गर्नुपर्छ भन्ने उद्देश्यले अगाडी बढेका सिहं बिस्तारै प्रगतीपथमा लम्किरहेका छन् ।
२०४४ साल फगुन २१ गते बझाङको तल्कोट गाउँपालिका ५ मा बुवा रण बहादूर सिहं र आमा शान्ता सिहंको चौथो शन्तानका रुपमा जन्म लिएका हुन शैलेस सिहंले । सुदुरपश्चिमको दुर्गम जिल्लाका रुपमा चिनिने बझाङमा जन्मेका सिहंको बाल्यकाल गृह जिल्लामै बित्यो । गाउँमै भएपनि मध्यम बर्गको परिवारमा जन्म लिएका सिहंले आधारभुत तहको शिक्षा बझाङमै रहेको दुर्गाभावानी माध्यमिक बिद्यालय तल्कोटबाट लिए । गाउँमै हुर्केका सिहंले सामुदायिक बिद्यालयबाटै प्रारमिभक शिक्षाको शुरु गरेका थिए । सानै उमेरमा उनको स्वभाव देशभक्ती थियो । दुर्गाभावानी माध्यमिक बिद्यालयमा कक्षा ८ सम्म अध्यायन गरेका सिहं त्यसपछि तराई झरे । आधारभुत शिक्षा आर्जनपछि तराई झरेका सिहंले माध्यमिक तहको शिक्षाका लागी धनगढीको पञ्चोदय माध्यमिक बिद्यालय रोजे ।
धनगढीमा अन्य सामुदायिक बिद्यालय भन्दा शैक्षिक गुणस्तरमा राम्रो मानिने पञ्चोदय माध्यमिक बिद्यालय भर्ना भएका उनले त्यहाँबाट कक्षा १० सम्मको शिक्षा आर्जन गरे । एस.एल.सी पास गरेपछि तत्कालिन समयमा प्रबिणता प्रमाणपत्र तहको पढाइका लागी उनि धनगढीकै ऐश्वर्या बिद्या निकेतनमा भर्ना भए । बुवा रण बहादुर शिक्षण पेषामा आबद्ध भएका कारणपनि उनलाई पढाइमा निकै रुची थियो । पहाडबाट तराई झरेपनि उनको शैक्षिक स्थिती मध्यमनै रह्यो । आधारभुत तह बझाङ, प्रमाणपत्र तथा प्रविणता प्रमाण तहको अध्यायन धनगढीबाट सकेका सिहंले स्नातक तहको अध्यायनका लागी काठमाण्डौँ तिर जाने सोच बनाए । शैक्षिक यात्रामै बझाङ, धनगढी हुँदै सिहं काठमाण्डौँ तर्फ हिने । आफ्नो र परिवारको सपना पुरा गर्नका लागी भएपनि सिहं स्नातक तहको अध्यायनका लागी काठमाण्डौँ पसे । काठमाण्डौँ पुगेर सिहंले स्नातमको पढाई शुरु गरे । बाणिज्य सकांयमै रुची भएका सिहंले सोही क्षेत्रमा स्नातक तहसम्मको पढाई सके । स्नातक तहको पढाई सके सगैं स्नातगोत्तरपनि सिहंले काठमाण्डौँबाट गरे । काठमाण्डौँबाटै उनले एम.बि.ए सम्मको पढाई सके । पढाई नसक्दै बैकं तिर जागिर गर्ने सोच बनाएका उनले २०६७ सालमा जागिर शुरु गरेका थिए । उनले नोबिल बैकंको असिस्टेन्टबाट जागिर शुरु गरे । जागिरको पहिलो अनुभव शुरुमा काम गर्न असहज भएपनि आफ्नो उद्देश्य प्राप्तीका लागी कामलाई उनले निरन्तरतानै दिए ।
बैकंमा जागिर गर्ने शिलसिलामा उनले केवल जागिर पकाउन मात्रै सोचेनन्, चाँडै सफलता कसरी प्राप्त गर्ने भन्ने तर्फ केन्द्रित भए । असिस्टेन्ट पदबाट माथिल्लो तहमा बढुवाका लागी लामो समय कुनुपर्ने बाध्यता अहिलेपनि कायमै छ । असिस्टेन्ट, हुँदै उमेरको उत्तरार्धमा पुग्दासम्म पनि प्रबन्धक बन्न नपाएका थुपै्र बैकंर छन् । तर शैलेस अरु सबैभन्दा फरक देखिए । असिस्टेन्ट हुँदै उनि कामका अब्बल देखिए । उनको कामकै कारण होला सिनियर भन्दापनि चाँडै पदोन्नतीको लिस्टमा परे । असिस्टेन्ट हुँदै धमाधम पदोन्नती हुन थालेका सिहंलाई अन्य बैकंलेपनि अफर गर्दै गए । आफ्नो पदोन्नती र राम्रो काम देखाउने सिहंले आएका अवशरको सदुपयोग गर्दै गए । अन्ततः बैकंको असिस्टेन्टबाट जागिर शुरु गरेको ६ बर्षमै सिहं साखा प्रबन्धक बने । २७ बर्षे युवा धनगढी स्थित मेघा बैकंको साखा प्रबन्धक बने । यो क्षेत्रको सबैभन्दा कान्छा साखा प्रबन्धक बनेका सिहंले आफ्नो कार्य त्यहाँ पनि उत्तिकै कुशलता पुर्वक निर्बाह गरे ।
२१ बर्षे उमेरमै बैकंको जागिर तर्फ हानिएका सिहंको पहिलो सफलता भन्नुपर्छ छोटो उमेरमै साखा प्रबन्धक बन्नु । उनको मेहेनतकै कारण बैकंले साखा प्रबन्धकको जिम्मेवारी दियो । एउटा निजि संस्थाको साखा प्रबन्धक हुनका लागी गरेको मेहेनत आफ्ना लागी गर्न सके थप उपलब्धी हासिल गर्न सकिन्छक िभन्ने कुरा उनको मनमा खेल्न थाल्यो । अनी सफल उद्यमी बन्ने सपना साकार पार्न सकिन्छकी भन्ने कुरा उनको मनमा खेल्न थाल्यो । यही समयमा उनले केही साथीहरु सगं मिलेर एक इन्सच्युडमा सानो लगानी गरिसकेका थिए । बैकं जागिर सगैं सामान्य ब्यवसायमा लगानी शुरु गरेका उनले अब आफ्नै ब्यवसाय गर्नुपर्छ भन्ने तयारी शुरु गरे । बैकं जागिर भन्दा ब्यवसायमै सफलता देखेपछि उनले ६ बैकंरको काम छोडेर ३ जना साथीहरु सगं मिलेर सञ्चालन गरेको ट्युसन सेन्टरलाई पुर्ण समय दिने निधो गरे । ट्युसन सेन्टरका रुपमा स्टार प्रा ली सञ्चालित स्टार प्रा.लीलाई पुर्ण समय दिन थालेका सिहंले ट्युसन क्लास, लोकसेवा क्लास तथा ब्रिज कोर्ष पढाउने गरी अगाडी बढाए । ७५ हजार रुपयाँ लगानी गरेर शुरु भएको स्टारले राम्रै प्रगती गरेपछि उनि धनगढीमै रहेको फर्निचर र स्टार प्रा. ली लाई समय दिन थाले । ट्युसन क्लास, लोकसेवा क्लास तथा ब्रिज कोर्षका लागी धनगढीमै उत्कृष्ठ संस्था बनाउन सफल उनले फर्निचर ब्यवसायलाइपनि उत्कृष्ठनै बनाए । बैकिंङ क्षेत्रमा छोटो अवधीमै उदाएका सिहं स्टार प्रा. ली र फर्निचर ब्यवसायमापनि त्यसरीनै उदाए । लामो लमयदेखी सो ब्यवसाय गरिरहेका ब्यक्तीहरुलाई उछिन्दै त्यहाँपनि सिहंले आफ्नो कार्य कुशलता देखाए ।
सिहंको रफ्तार यत्तिमै रोकिएन । उनि बैकंर, फर्निचर ब्यवसायी, इन्सच्युड सञ्चालक संगै कलेज सञ्चालन तर्फ हिने । कलेज सञ्चालनको जमर्को गरेका सिहंले नेपाल वेस्टर्न मेनेज्मेन्ट एण्ड इन्जिनियरिङ कलेज लिए । त्यो भन्दा अगाडी अरुलेनै सञ्चालन गरेका कलेज लिएका सिहंलाई बैकं, इसच्युड अनी फर्निचर क्षेत्रमा देखाएको अब्बलता त्यहाँपनि देखाउनै पर्ने थियो । नभन्दै कलेज सञ्चालनको छोटो समयमै त्यहाँपनि उनको मेहेनतले सफलता प्राप्त गर्दै गयो । बिगतमा थोरै बिद्यार्थी रहेको कलेज उनले लिएपनि बाणिज्य र होटेल मेनेज्मेन्ट सकांयका बिद्यार्थीको रोजाई बन्यो । पोखरा बिश्वबिद्यालयबाट समबन्धन प्राप्त कलेजमा बिबि.एम, बिबिए, बिबिए.फाइनान्स अध्यापन हुँदै आएको छ । धनगढी उप–महानगरपालिका २ मा रहेको कलेजले होटल म्यानेज्मेन्ट देखी अन्य सकांयमा उत्कृष्ठ नतिजा दिदै आएको छ । सोही कारण सिहंको मनोबल थप उच्च भयो । उनले हाल प्लस टु र कलेज सञ्चालन गरिरहेका छन् ।
कलेजको सफला पछि उनि यत्तिकैमा रोकिएका छैनन् । अब सुदुरपश्चिममै बनेका सामग्री यहाँ सगैं नेपालभरी बिक्रि गर्नुपर्छ भन्ने उद्देश्य सहित सिहंले धनगढी १४ मा मेट्रस उधोगपनि सञ्चालन गरेका छन् । सुदुरपश्चिम सगैं अन्य बजारमा जिन्दास मेट्रस बिक्रि भइरहेको छ । ४० करोड लगानीमा आफ्नै मेट्रस उधोग सगैं आफ्नै जमिन लिएर कलेजको नयाँ भवन निर्माणमा सिहं छन् । यतिबेला २१ करोड लगानीमा कलेजको नयाँ भवन बनाउन लागेका छन् । भाडाको घरमा कलेज चलाउदा सोचे जस्तो संरचना अभाव लगायतका समस्या निम्तिने भन्दै अब कलेजको आफ्नै भवन निर्माणमा उनि जुटेका हुन् । भवन निर्माणपछि बिद्यार्थीहरुले सुबिधा सम्पन्न कलेजबाट अध्यायन गर्न पाउने छन् ।
सिहं आफ्नो जागिर, ब्यवसायमा मात्रै सिमित रहदैनन् । समाजमा हुने हरेक गतिबिधिहरुमा उनको सहभागीता रहन्छ । धार्मिक क्षेत्र होस या सामाजिक क्षेत्रमापनि उनको थुप्रै लगानी छ । यही समाजमा बसेर काम गर्नका लागी बिदेशका अवशर छोडेका सिहं आफु सगैं यहाँको समाज बिकासमा पनि योगदान दिनुपर्छ भन्ने उद्देश्य राख्छन् । कलेज र मेट्रस गरी कयौँ नेपालीलाई रोजगार समेत दिइरहेका सिहं यहाँका नागरिकले स्वदेशमै रोजगारी गनुपर्छ भन्ने सोच राख्ने गरेका छन् । आफ्नो गृह जिल्ला देखी धनगढीमा हुने गतिबिधिमा सिहं सक्दो सहकार्य गर्दै आएका छन् ।
सिहं भन्छन् ‘हामी गरिब देशमा छौँ । बझाङ जस्तो बिकट ठाउँमा मेरो जन्म भयो मलाई सुरुदेखि नै के चाहिँ थियो भने आफैले केही गर्नुपर्छ हामीलेनै केही गरे बिकास हुन्छ यो सोच लिएर अघी बढेको हुँ सबैको साथले कलेज सञ्चालन गरेको छु अहिले ।’ उनले भने ‘हामी विद्यार्थीलाई जतिको सैद्धान्तिक ज्ञानको विषयमा जानकारी दिन्छौं त्यति नै व्यवहारिक ज्ञान पनि प्रदान गर्छौ । फेरि प्रयोगात्मक लागि सुविधा सम्पन्न होटेल र ठाउँहरु सँग समन्वय गरेका छौं । बिजनेस स्कुल भएकोले भोलि परिक्षामा कतिको नम्बर ल्यायो भन्ने कुराले सबै कुरा निर्धारण गर्दैन ।
अरु कुरा पनि आवश्यक पर्छन् जुन हामी प्रदान गर्छौ । फेरि पोखरा विश्वविद्यालयले हामी मात्रै होइनौं सबै कलेजको व्यवस्थापन समितिलाई यति धेरै अधिकार दिएको छ कि अरुमा सायदै नहोला ।’ विद्यार्थीले नियमित उपस्थिति लगायतको कुरामा कलेजले निगरानी राख्छ र निर्णय गर्न सक्छ उनले भने ‘यसले हाम्रो विद्यार्थीको स्थिति के रहन्छ, उसलाई कतिको क्षमतावान बनाउन सकिन्छ भन्ने प्रयास हामीगर्छौ । त्यसैले यो कलेज रोज्नु पर्छ भन्छु ।’ हामीले बिद्यार्थीलाई किताबी ज्ञान मात्रै होइन बजारमुखी शिक्षा दिइरहेका छौँ उनि भन्छन् “होटल मेनेज्मेन्ट पढ्ने बिद्यार्थीहरुलाई यहाँका लोकल परिकार देखी बिदेशका पाँच तारे होटलको परिकार सम्म बनाउन लगाइन्छ, इन्टरसिपका लागी पाँच तारे होटलमा लगिरहेका छौँ, यहाँबाट पास आउट भएपछि सहजै उसले रोजगारी पाओस त्यो खालको जनशक्ती हामी तयार गरिरहेका छौँ, पछिल्लो समय बढ्दो बेरोजगारीको अन्त्य गर्न हामीले औपचारिकताका लागी होइन, ब्यवहारमा लागु हने खालको शिक्षा दिइरहेका छौँ, हाम्रो मेहेनतको फल पाइरहेको छ ।”
मेरो आत्मविश्वासकै कारण सफलता पाएको हुँ भन्ने लाग्छ । यो सफलता कसरी प्राप्त भयो भन्ने प्रश्नमा उनले भने “म हरेक काम आत्मबिश्वासका साथ गर्छु, शुरु गरेर आधामै छोड्ने गरी कुनैपनि काम गर्दैन, धनगढीमा कलेज त थुप्रै थिए, तर हामीले फरक खालको सुबिधा सम्पन्न संरचनामा शिक्षा दिन थाल्यौँ र बिद्यार्थीको आकर्षण बढ्यो, यति मात्रै होइन, मेट्रसमा माग अनुसार पु¥याउनै सकिरहेका छैनौँ, धनगढीमै उधोग सञ्चालन गरेर धमाधम मेट्रस बनिरहेका छन्, क्वालिटियुक्त मेट्रस भएकै कारण माग धान्न सकिएको छैन, हो हामीले कर्म गर्दा दिगो हुने गरी शुरु गर्नुपर्छ, हामीले काम गर्ने हो, त्यसको केही प्रतिसत नाफा हुन्छ, आम्दानीको केही प्रतिशत राज्यलाई बुझाउँछौँ, अनी यहाँको जनशक्तीलाई रोजगारी दिएका छौँ, यत्तीको आँट सबैले गर्नुपर्छ ।” एउटै ब्यक्तीको जस्तै ब्यापार सबै गर्न नसक्ला तर थोरै लगानीमापनि केही गर्न सकिन्छ नी उनले भने “सबैभन्दा ठुलो आत्मबिश्वास हो, त्यो छ भने नेपालमै जुनसुकै काम गर्नपनि सम्भव छ, आँट गर्न सक्नुपर्छ र कर्म गर्नुपर्छ सफलता पाइन्छ ।”


