धनगढी । बैंकिङ कसुरसम्बन्धी मुद्दामा दोषी ठहर भएका कञ्चनपुरका सिद्धराज पाण्डे पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको फैसलानुसार पाण्डेलाई ७ दिन कैद सजाय र ७ लाख जरिवाना तोकिएको थियो। फैसला कार्यान्वयनको सिलसिलामा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पाण्डेलाई बिहीबार उनकै निवास बेलौरी नगरपालिका–४ स्थित घरबाट पक्राउ गरेको हो।
४८ वर्षीय पाण्डे बैंकिङ कसुरअन्तर्गतको मुद्दामा दोषी ठहर भई फरार रहेका थिए। अब उनलाई कैद र जरिवानाको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


