डोटी — डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । सोमबार बेलुका अविरल असिना पानी र हावाहुरीले पूर्वीचौकी गाउँपालिका वडा नम्बर(२ बगल्लेक वाडी बस्ने ४० वर्षीया देउमति साउदको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेमा सोही वडाकी बगलेक स्वास्थ्य चौकी डोटीमा कार्यरत अ।न।मि। ३६ वर्षीया अस्मिता ओली विष्ट रहेको प्रहरीले बताएको छ । विष्टको दाँया पाखुरामा चोट लागेको र जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।