धनगढी । धारिलो हतियार प्रहारबाट बैतडीमा दुई महिला घाइते भइका छन् । घाइते हुनेहरुमा जिल्लाको पुर्चौंडी नगरपालिका–६ रपनाका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुक रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । बिखमती र दुरोपतीलाई शनिबार बिहान पौने १२ बजेतिर २० स्थानीय वर्षीय धनवीर धानुक धारीलो हतियार प्रहार गरि घाइते बनाएका हुन् ।
घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपती धानुकको बाँया कानमा चोट लागेको छ । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । धारीलोहतियार प्रहार गर्ने धनबीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिखमतीका नाती दिनेश धानुकसंग धनबीरको लामो समयदेखि घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न गएको छ । दिनेशलाई नै हतियार प्रहार गर्न गएका धनबीरले उनलाई घरमा नभेटेपछि दुई बृद्धाहरुमाथि आक्रमण गरेका हुन् ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।