धनगढी । कैलालीमा हावाहुरीले रूख ढल्दा राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारी गम्भीर घाइते भएका छन् । घोडाघोडी नगरपालिका–१, सुन्दर टोलमा आइतवार बिहान चलेको हावाहुरीका कारण सालको रुख ढल्दा ५२ वर्षीय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।
भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो तर त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पताल ल्याइएको जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
टाउकोमा चोट लागेका भण्डारीको अवस्था गम्भीर रहेको छ ।