धनगढी । कैलालीका किसानहरु चैते धान खेती तर्फ आकर्षित भएका छन् । वर्षे धान खेतीभन्दा बढी उब्जनी हुुने भएकाले विगतका बर्षहरुदेखि कैलालीका डुवान प्रभावित क्षेत्रका किसानहरु चैते धान खेती तर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र चैते धान खेतीको उत्पादन बढाउन कृषकलाई प्रोत्साहनका विभिन्न कार्यक्रमहरु सञ्चालन भएपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।
कैलालीका विभिन्न पालिकाहरुका किसानहरुको चैते धान खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कैलालीका बाढी प्रभावित पालिकाका किसानहरु चैते धान खेतीतर्फ आकर्षित भएका हुन् । कैलालीको तल्लो क्षेत्रका भजनी नगरपालिका, जोशीपुर, जानकी र कैलारी गाउँपालिकाका साथै टीकापुुर, घोडाघोडी, लम्की चुहा नगरपालिकाकाका किसानहरु चैते धान खेती लगाउन थालेका हुन् ।
डुबान हुुने क्षेत्रमा एक बाली र अन्य क्षेत्रमा चैते र वर्षे गरेर दुई बाली धान भित्र्याउने गरिएको छ । चैते धान खेती बढ्न थालेपछि कैलालीमा समग्र धान उत्पादनको स्थितिमा सुधार आएको छ । चैते धानलाई धेरै पानी नचाहिने र यस सयममा बाढी तथा डुबान समेत नहुने भएकाले किसानले धेरै लाभ लिन थालेका हुन् ।
पछिल्लो समय कैलालीमा चैते धानतर्फ किसानहरु आकर्षित हुन थालेपछि यसले धान खेतीको क्षेत्रफल र वार्षिक उत्पादन पनि बढ्दै गएको छ । चैते धान खेतीको विस्तारले जिल्लाका बाढी प्रभावित स्थानीय तहका किसानहरुको जीविकोपार्जन सुधारमा समेत सुधार छ । चैते धान खेती विस्ताकार लागि आफुहरु पनि लागिरहेको कैलालीको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बताए ।
वाईट केवल चौधरी, नगर प्रमुख भजनी नगरपालिका, कैलाली
कैलालीमा यसबर्ष दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ । त्यसमा संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कैलाली दुई बर्ष अघि ५० हेक्टर क्षेत्रफलबाट सुरु गरिएको चैते धान खेती अहिले ४ सय ७६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । चैते धान खेतीबारे किसानहरुलाई जानकारी दिदैं विभिन्न सहयोगहरु गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कैलाली प्रमुख जनकराज जोशीले बताए ।
चैते धान खेतीबाट नसोचेको उत्पादन पाएपछि किसानहरु निकै प्रभावित भएका छन् । चैते धान खेती गर्ने किसानलाई अनुदानमा बीउ र मल लगायतका अन्य सहयोग र अनुदान उपलव्ध गराइँदा किसानको आकर्षण बढेको हो । चैते धानमा बर्षे धानको तुलनामा रोगका कीरा कम लाग्ने, मसिनो दाना हुने र धेरै फल्ने भएकाले किसानले यस धानको खेतीलाई रुचाएका छन ।