धनगढी: कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का हाजिरीजमानीमा छुटेका छन । अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान सदस्य समेत रहेका खड्का मंगलबार हाजिरीजमानीमा छुटेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक रण बहादुर चन्दले जानकारी दिए । उनले खड्काले सोधपुछका क्रममा प्रहरीसँग दुव्र्यवहार गरेकाले उनलाई हिरासतमा राखिएकामा मंगलबार हाजिरी जमानीमा छोडिएको बताए ।
यसअघि प्रहरीले खड्कालाई भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने तथा कारोबारमा संलग्न गिरोहसँगको सम्पर्कमा रहेको पुष्टि भएपछि पक्राउ गरिएको जनाएको थियो । डिएसपी चन्दले सुनचोरीको विषयमा प्रदेश प्रहरी कार्यालयले हेरिरहेको बताए ।