बझाङ — जोत्दै गरेको गोरुसहित लड्दा बझाङमा एक जनाको मृत्यु भएको छ भने एक हलगोरु पनि घटनास्थलमै मरेका छन्। बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको हो।
‘उस्कुला’ भन्ने स्थानमा भिरालो खेत जोत्ने क्रममा सुका ऐडी गोरुसहित खसेका थिए। मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब ५०० मिटर तल खोलामा खसेका थिए। दुर्घटनामा हलगोरुको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएका सुका ऐडीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयहरूले जनाएका छन्।


