दार्चुला – दार्चुलामा रूखको दुई हाँगाको बिचमा अड्किएकी बालिकाको उद्दार गरिएको छ । मंगलबार बिहान दहु गाउँपालिका – १ खर्रा स्थित कर सिंह धामीकी छोरी १४ वर्षीय धना धामीको उद्दार गरिएको हो । खड्कुको रुखमा स्याउला काट्ने क्रममा चिप्लिएर रूखको दुई हाँगाको बिचमा अड्किएकी बालिकाको प्रहरी चौकी हिकिलाबाट खटिएको प्रहरी टोलीले उद्दार गरेको थियो ।
उद्दार गरिएकी बालिकाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।