धनगढी: कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको हो । आगलागीबाट स्कुटर जलेर नष्ट भएको छ । पसल अगाडि चार्जिङमा राखेको सुपप्र ०१–००१ प ४९३६ नम्बरको स्कुटर आगो लागेर जलेको शुक्लाले जानकरी दिए । आगो लागेको केही मिनेटमै स्कुटर जलेर नष्ट भएको उनको भनाइ छ ।
तीन वर्षअघि दुई लाख २० हजारमा आफूले विद्युतीय स्कुटर खरिद गरेको शुक्लाले जानकारी दिए ।


