धनगढी: कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भईरहेको निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको निसर्ग हस्पिटल पाचौं भजहर कपको हालसम्म सम्पन्न भएका खेलहरुको निर्णयका अधारमा अन्तिम चारमा पुग्ने टीमहरुको टुङगो लागेको हो ।
समुह ए बाट भजनी नगरपालिका वडा नम्बर ५ स्तरीय क्लब र गौरीगंगा स्पोर्टस क्लब सेमिफाईनल पुगेका छन् । समुह बी बाट न्यू सुभित फेन्सी एण्ड श्रृंगार पसल उदासीपुर सेमिफाईनलमा पुगेका छन् । प्रतियोगितामा सहभागी १६ टीमलाई समुह ए र बी मा आठ आठ टीमहरु राखिएको थियो । नकआउट आधारमा भईरहेको प्रतियोगिताको फाईनल प्रवेशका लागि भजनी नगरपालिका वडा नम्बर ५ स्तरीय क्लब र गौरीगंगा स्पोर्टस क्लब तथा न्यू सुभित फेन्सी एण्ड श्रृंगार पसल उदासीपुर प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए ।
थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।