धनगढी: साताव्यापी भारत भ्रमण सकेर सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह स्वदेश फर्किएका छन् । गौरिफन्टा नाका हुँदै आज मुख्यमन्त्री शाह सहितको टोली स्वदेश फर्किएको हो । भारतमा मुख्यमन्त्री शाहले भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ, उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिहं धामी र अन्य मन्त्रीहरु सित भेटवार्ता गरे । भेटका क्रममा पुरानै योजना कार्यान्वयन र सुदुरपश्चिमको कृषी तथा पर्यटनको बिकास बारे छलफल भयो । यसका अलावा केन्द्र तथा प्रदेश सरकार सगं कुनै नयाँ सम्झौता भएन ।
साताब्यापी भारत भ्रमण सकेर मुख्यमन्त्री शाह सहितको टोली स्वदेश फर्किएपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरियो । पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले आफु त्रिभुवन बिमानस्थलबाट भारत गए देखी भेटघाट र भ्रमण बारे जानकारी दिए । सबैभन्दा पहिले दिल्ली पुगेका मुख्यमन्त्री शाहले भारतका बिदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह सित भेटवार्ता गरे । दिल्लीबाट देहरादुन पुगेर उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिहं धामी र अन्य मन्त्रीहरु सित भेटघाट गरे । त्यसपछि लखनउ पुगेर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सगं भेटवार्ता गरे । शाहले भेटघाटका क्रममा नौलो बिषय उठान गर्न सकेनन् । उनले दार्चुलामा मोटरेवल पुल, बैतडीको झुलाघाट तथा डडेल्धुराको मोटरेवल पुल बारे भेटका क्रममा ध्यानाकर्षण गराएको बताएका छन् । यसका साथै कञ्चनपुरमा बन्न लागेको दोधरा–चाँदनी सुख्खा बन्दरगाहका बारेमा समेत छलफल गरेको शाहले बताए ।
मुख्यमन्त्री शाहले सीमा–सरुक्षा, आप्रवासी नेपालीको हित प्रबद्र्धन, कृषी एवं धार्मिक सास्ंकृतिक सहकार्य, पर्यटन प्रबद्र्धन, ज्ञान तथा प्रबिधिमा सहिकार्य र उर्जामा सम्भावित लगानीका बिषयमा सवांद भएको दावी गरेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सगंको भेटमा खक्रौला–तिकुनिया र कञ्चनपुरको बेलौरी–खजुरिया सडक स्तरोन्नतीका लागी आग्रह गरिएको मुख्यमन्त्री शाहको भनाई छ । यसका साथै भारतका बिभिन्न उधोगीहरु सगंको छलफलमा सुदुरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन सहभागिता सगैं यहाँका सम्भावित क्षेत्रबारे चर्चा भएको जनाइएको छ ।
बिभिन्न बिकास सम्बन्धी छलफल गरेका मुख्यमन्त्री शाहले सुदुरपश्चिमका सिमा नाकाहरुको समस्या सगैं सिमावर्ती बजारमा उपलब्ध लागुऔषधले नेपालमा पारेको प्रभाव बारे समेत जानकारी गराइएको शाहले जानकारी दिए । सिमा क्षेत्रमा पाइने लागुऔषधको नियन्त्रण सगैं सिमामा नेपालीले भोग्ने समस्या बारे मुख्यमन्त्रीहरुलाई जानकारी गराइएको मुख्यमन्त्री शाहले बताएका छन् । तर शाहले दार्चुलामा भारतिय पक्षले एकलौटी रुपमा गरिरहेको तटबन्ध बारे उठाउन सकेनन् ।
भ्रमणले भारतका प्रदेशहरुमा लागु भएका योजना अनुगमनबाट सिकाइको अवशर प्राप्त भएको जनाइएको छ । यसका साथै उत्तराखडका मुख्यमन्त्री धामी र उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथलाई सुदुरपश्चिम भ्रमणको निम्तो समेत दिएको मुख्यमन्त्री शाह बनाउछन् । यद्दपी मुख्यमन्त्रीद्घयले भ्रमण गर्ने बचन दिएपनि भ्रमणको समय दिएनन् । भ्रमणलाई सुदुरपश्चिम सरकारले महत्वपुर्ण उपलब्धी ठानेको छ ।