धनगढी । कैलालीमा ७ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा ६ महिना कैद सजाय सुनाइएका नाबालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलारी गाउँपालिका-७ बस्ने १३ वर्षीय महेश (नाम परिवर्तन) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई जिल्ला अदालतले जबर्जस्ती गरेको अभियोगमा ६ महिना कैद सुनाएको थियो । अब कैद भुक्तानका लागि सुधार गृह पठाइने प्रहरीले जनाएको छ ।