धनगढी । कैलालीको भजनी नगरपालिका–७ स्थित गणेशमान चोकमा स्कारपियोको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ। भारतीय युपी ३१ एयु ७३२० नम्बरको मोटरसाइकल चलाइरहेका २० वर्षीय कुलदीप धोवीलाई बाँके, कोहलपुर नगरपालिका–२ का ४३ वर्षीय शेरबहादुर विश्वकर्माले चलाएको बीएबी ४५९२ नम्बरको स्कारपियोले ठक्कर दिएको हो।
गम्भीर घाइते भएका धोवीलाई उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो। ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।