धनगढी: धनगढीका ४२ जना लाई बाख्रा वितरण गरिएको छ । राष्ट्रपति उत्थान कार्यक्रम तथा धनगढी उप–महानगरपालिकाको सहकार्यमा बाख्रा वितरण गरिएको हो । धनगढी उप–महानगरपालिका वडा नम्बर १७ का २२ जना बिपन्न नागरिकलाई दुई÷दुई का दरले ४४ बाख्रा वितरण गरिएको उप–महानगरपालिकाकी महिला तथा बालवालिका साखा प्रमुख अनिता बुढाऐरले जानकारी दिइन् । यस्तै आजै उप–महानगरपालिका वडा नम्बर १२ का २० जनालाई ४० वटा बाख्रा वितरण गरिएको उनले बताइन् ।
बिपन्न, मुक्त कमैया, कमलरी लगायत आर्थिक रुपमा पछाडी पारिएका समुदाय लक्षित कार्यक्रम बमोजिम बाख्रा वितरण गरिएको हो । वडा नम्बर १७ र १२ मा उप–महानगरपालिकाकी उप–प्रमुख कन्दकला रानाले बाख्रा वितरण गरेकी हुन् । बाख्रा वितरण गर्दै रानाले अब यि बाख्राको संरक्षण गरेर दुई बाट ४ हुँदै ८ बनाएर ब्यवसायिक बाख्रा पालनमा लाग्न सुझाव दिइन् । उप–महानगरपालिकाले दिएका बाख्राको संरक्षण गरेर ब्यवसायीकता तर्फ लागे नलागेको अनुगमन समेत गरिने उनले बताइन् । उप–महानगरपालिकाको लक्ष अनुसार काम गर्न बाख्रा पाएका नागरिकहरुलाई उनले आग्रह गरिन् ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष शेर बहादुर महराले यि बाख्राबाट बिपन्न नागरिक निकै लाभाम्बित बनेको बताए । केही नभएपनि दुई बाख्राबाट नागरिकहरुले बर्षै प्रत्येक दुई बाख्रा थप गर्न सक्ने भन्दै उनले मेहेनत गरेर बाख्रा पालन गरे केही बर्षमा राम्रै आम्दानी गर्न सकिने दावी गरे ।