कैलाली: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कैलालीको राजकाँडा तीन प्रदेशको पर्यटन पवर्धननका लागि संगमस्थलको रुपमा विकास हुने बताएका छन् । उनले बिहीबार चिसापानी–राजकाँडा पैदलयात्रा प्रतियोगिताका उद्घाटन गर्दै उक्त कुरा बताए । राजकाँडामा पुगेकाका मन्त्री पाण्डेले त्यहाँको ऐतिहासिक महत्वलाई उजागर गर्नुपर्ने बताए । राजकाँडामा रहेको धुलीकोट दरबार, जाल्पादेवी मन्दिरको महत्वसँगै त्यहाँबाट तराईतर्फ देखिने दृष्य अवलोकनका लागि पर्यटक आकर्षण हुने उनको भनाइ छ ।
मन्त्री पाण्डेले सात प्रदेशमा सातवटा टाकुरा कार्यक्रम अन्तर्गत कैलालीको चुरे पहाडमा पर्ने टाकुराहरुमा नीजि क्षेत्रले लगानी लगाउने वातावरण सरकारले बनाएको बताए । “सरकारले नीति राम्रो बनाउने हो, कानुन राम्रो बनाउने हो, निजी क्षेत्रको लगानीको बातावरण बनाउने हो । राजकाँडामा निजी क्षेत्रले लगानी लगाउँदैछ । राजकाँडा गुलजार हुन्छ ।”


