धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई एजेण्डा र बाचा बिर्षिएको भन्दै नागरिकले प्रश्न गरेका छन् । माओवादीको तराई–मधेश जागरण अभियान अन्तर्गत धनगढीमा आयोजना गरिएको समुदायसँग माओवादी संवाद कार्यक्रममा सहभागीहरुले एजेण्डा र जनतामाझँ गरेका बाचा बिर्षिएको भन्दै आक्रोस पोखे । नेताहरुको बिर्षिने बानीकै कारण देशमा लोकतन्त्रनै ठिक होइन भन्ने आवाज उठेको भन्दै सहभागीले फेरी पनि सच्चिन आग्रह गरे ।
मगंलबार माओवादीको तराई–मधेश जागरण अभियान अन्तर्गत धनगढीमा समुदायसँग माओवादी संवाद कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा बिभिन्न क्षेत्रमा रहेका अगुवाहरुलाई सहभागी गराएर गुनासा र सुझाव राख्न लगाइयो । कार्यक्रममा सुझाव राख्दै इन्सेक सुदुरपश्चिम सयोंजक खडक जोशीले माओवादी एजेण्डा र बाचा बिर्षिएको बताए । जनयुद्धका बेला बोकेका एजेण्डा माओवादीले बिर्षिदै गएको अनुभुत हुन थालेको उनले बताए । जनतामा गरेका बाचा कुर्सीमा पुग्ने बितिक्कै बिर्षिने परिपाटी माओवादीमा मात्रै नभएर सबै पाटीमा देखिन थालेको भन्दै उनले सच्चिन आग्रह गरे ।
उनले मात्रै होइन बिभिन्न निजि क्षेत्रका ब्यक्ती तथा प्राध्यापकहरुले समेत बाचा गरेका काम पुरा नहुनुनै पछिल्लो बितिष्णता रहेको बताए । पश्चिम सेती परियोजना बारे हल्ला सुनिएको कयौँ दशक बितेपनि त्यसको काम अघी नबढेको भन्दै शिक्षाविद शिवहरी मुडभरीले आक्रोस पोखे । सुदुरपश्चिममा एउटा पनि मेडिकल कलेज नहुनु, औधोगिक क्षेत्र, शैक्षिक क्षेत्र लगायत सुदुरपश्चिम सबै क्षेत्रमा पछि परिरहने तर नेताहरु आश्वासन मात्रै दिने परिपाटी अँझै कायम रहेको उनले बताए । बिकासमा सुदुरपश्चिम सबैभन्दा पछाडी रहेपनि सबै दल सत्ता बाहिर हुँदा चासो दिने तर सत्तामा हुँदा बिर्षिने गरेको भन्दै उनले आक्रोस पोखे ।
गेटामा स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय बनाउने भनेर घोषणा तपाइलेनै गर्नुभएको हो गेटा स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सञ्चालनार्थ सघंर्ष समितिका सयोंजक लोकराज पाण्डेले भने “अनी अहिलेसम्म बिधेयक पास हुन सकेको छैन, कसका कारण कार्यसुचीबाट पनि हट्यो, कसले रोक्दैछ सुदुरको बिकास, किन सुदुरपश्चिमलाई सौतेलो ब्यवहार हुन्छ ।” उनले सुदुरपश्चिमलाई क्षतीपुर्ती हुने गरी बजेट बिनियोजन हुनुपर्ने बताए ।
कार्यक्रममा निजि अस्पताल सघं सुदुरपश्चिम अध्यक्ष तिर्थ पन्त, बरिष्ठ पत्रकार मनमोहन स्वाँर, प्राध्यापक भवान सिहं चलाउने, प्राध्यापक हेमराज पन्त लगायतले आफ्ना बिचार राखेका थिए ।
नागरिक समाजका गुनासालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री भएका बेला सुदुरपश्चिममा परिणाम देखिने योजना थालेको दावी गरे । उनले गेटा मेडिकल बिश्वबिद्यालय घोषणा देखी सुदुरपश्चिम बिश्वबिद्यालय स्थापना, धनगढी–खुटिया–दिपायल सडक, दोधरा चाँदनी सुक्खा बन्दरगाह स्थापनाको पहल सम्म आफ्नै कार्यकालमा भएको दावी गरे । गणतन्त्र पछि सुदुरपश्चिममा थुप्रै बिकास परियोजना सञ्चालन भएको बताउँदै उनले यि काम माओवादीले नेतृत्व गरेकै कारण शुरु भएको दावी गरे । उनले काम गर्ने र नगर्नेलाई एउटै किसिमले नहेर्न आग्रह गरे । यहाँका समस्या आफु प्रतिपक्षमा हुँदा होस या सरकारमा जाँदा सबैभन्दा महत्वका साथ हेर्ने उनको भनाई थियो ।
माओवादी केन्द्रले शुरु गरेको ‘तराई–मधेस जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित जनतासँगको अभियान कञ्चनपुर पुगेर समापन भएको छ । अभियानमा अध्यक्ष प्रचण्डले सहिद परिवार सगं भेटघाट देखी अन्तरक्रिया र सभालाई समेत सम्बोधन गरे । माओवादीले यो अभियानबाट जनता सगंको सामिप्यता बढेको दावी गरेको छ ।