धनगढी: धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टिमद्वारा सञ्चालित ‘खान पुगोस दिन पुगोस’ अभियान अन्तर्गत एक मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको छ । दुवै मृगौला नीष्कृय भएर वीगत १ वर्ष देखी भारत का बिभीन्न अस्पतालमा उपचार गराइसकेका धनगढी–३ का ४८ वर्षीय भवानी शंकर बि.क लाई आर्थिक सहयोग गरिएको हो । हाल सेती प्रादेशिक अस्पतालमा डायलायसिस गराइरहेका बि.क लाई थप उपचारका लागी सो अभियान अन्तर्गत सहयोग गरिएको हो ।
आज उनको घरमै गएर अभियानका सयोंजक भट्ट सहितको टोलीले केही खाद्यान्न सहित आर्थिक सहयोग गरेको हो । आर्थिक अभावका कारण उपचारमा समस्या भएको देखेपछि ‘खान पुगोस दिन पुगोस’ अभियानका साथीहरु तथा अन्य बिभिन्न क्षेत्रबाट रकम उठाएर पिडित बि.कलाई सहयोग गरेको सयोंजक घनश्याम भट्टले बताए । बिभिन्न व्यक्तीहरू वाट संकलीत रू २६ हजार १ सय नगद साथै चामल, तेल , नुन लगायत आवश्यक खखाद्यान्न सहयोग गरिएको भट्टले बताए ।
भारतमा मजदुरी गरेर परिवार पाल्ने गरेका बि.क आफै मृगौला पिडित भएपछि परिवारको बिचल्ली छ । उनि हाल आफ्ना दाजुको घरमा बस्दै आएका छन् । घरमा कमाउने मान्छे समेत कोही नभएपछि उनि सहित श्रीमती र दुई छोरा छोरीको बिचल्ली भएको छ । उपचार सगैं दैनिक जोहो गर्न मुस्किल परेका उनले ‘खान पुगोस दिन पुगोस’ अभियान मार्फत आफुलाई सहयोग गर्न आग्रह गरे ।


