धनगढी । कैलालीमा झन्डै ६ ग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । धनगढी र गोदावरीबाट पाँच ग्राम ९३० मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरीलाई चार ग्राम छ सय मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ ।
यस्तै, गोदावरी नगरपालिका-४ बसन्तपुर बस्ने १८ वर्षीय योगेश जोशीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट एक ग्राम ३३० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।