बैतडी: बैतडीको पाटनस्थित पाटन बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा अनेरास्ववियु र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार सञ्जय भण्डारी विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा भण्डारीले १ सय ५ मत ल्याई अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतमप्रसाद अवस्थीले ५६ मत प्राप्त गरेका छन् ।
नेपाल विद्यार्थी संघबाट अध्यक्षका उम्मेदवार रहेका माधवी भट्टले १६ मत प्राप्त गरेको निर्वाचन अधिकृत उत्तम भणडारीले बताए । त्यस्तै सचिवमा संयुक्त प्यानलका प्रकाश भट्टले ९२ मत ल्याई विजयी भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी जनजागरणकी कमला भट्टराईले ५६ मत प्राप्त गरिन् । त्यसैगरी कोषाध्यक्षमा संयुक्त प्यानलका गजेन्द्र चुनाराले १ सय ७ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी जनजागरणका दिनेश भट्टले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।