बैतडी: कृषि अनुदान दुरुपयोग हुन थालेपछि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा किसानको दैलोमै पुगेर गुनासो सुन्न थालेका छन्
बिहीबार बैतडी पुगेका कृषि मन्त्री थापाले स्थानीय तहका जनप्रतिनिधि र अगुवा किसानसँग भेटघाट तथा छलफल गरे । भ्रमणका क्रममा उनले बैतडी सदरमुकामस्थित जगन्नाथ तरकारी सङ्कन केन्द्रको अवलोकन गरे । साथै उनले देहिमाडौंका किसानलाई दुग्ध व्यवसाय गर्न फ्रिज लगायतका उपकरण वितरण र ग्वाल्लेकमा बाख्रा फार्मको अवलोकनसमेत गरे।
मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा वार्षिक दुई अर्ब ९१ करोड रुपियाँ बजेट खर्च गरिरहेको भए पनि खाद्यान्न, तरकारी, फलफूल, अण्डा र मासुमा आत्मनिर्भर बन्न नसकिएको मन्त्री थापाले बताए । उनले कृषि अनुदान दुरुपयोग हुन थालेपछि आगामी वर्षदेखि अनुदान शून्य पारेर किसानहरुलाई ब्याजमा अनुदान दिने नीति बनाउने स्पष्ट पारे।