धनगढी: नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) सुदुरपश्चिम प्रदेश महिला कमिटिले अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाएको छ । (जिफन्ट) कार्यालय धनगढीमा महिला कमिटिले दिवश मनाएको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न दिवशमा महिलालाई नेतृत्वदायी भुमिकामा ल्याउनुपर्नेमा जोड दिइएको थियो । महिलाका अधिकार सुनिश्चित नभए सम्म सम्बृद्धी असम्भव रहेको भन्दै महिलालाई हरेक क्षेत्रमा अवशर अगाडी बढाउन सहभागीहरुले आग्रह गरेका थिए ।
नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) सुदुरपश्चिम प्रदेश महिला कमिटि अध्यक्ष कमला देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल टे«ड युनियन महासघं (जिफन्ट) सहकारी बिभाग संयोजक देव बहादुर बम, नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) सुदुरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल, प्रेस चौतारी नेपालका सचिव लोगशरी कुँवर लगायतको सहभागिता थियो ।
दिवशकै अवशरमा बिभिन्न आन्दोलनको नेतृत्व गर्दै राजनितिक नेतृत्वमा पुग्न सफल भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि भण्डारीलाई सम्मान समेत गरिएको थियो ।