धनगढी । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीको पाटन खोड्पेका हरिश भाटले नगद ५० हजार पुरस्कार जितेका छन् । आज भएको दोस्रो सेमिफाईनल खेलमा छक्का प्रहार भएको बललाई समातेका हरिशले ब्रेड बक्सको तर्फबाट नगद ५० हजार प्राप्त गरेका हुन् । ब्रेड बक्सले सेमिफाईनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद ५० हजार पुरस्कार घोषणा गरेको थियो ।
पहिलो सेमिफाईनलमा कुनै क्याच भएको थिएन भने दोस्रो सेमिफाईनल खेलमा हरिशले पहिलो क्याच गरेका हुन् । प्रतियोगिताभरीमा उनले पहिलो मैदान बाहिर गएको बल क्याच गरेका हुन् । उनी धनगढीमा भएको दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट प्रतियोगिता खेल्न हिजो मात्रै धनगढी आएका हुन् ।
एथलेटिक्स खेलाडी रहेका उनी जिल्ला छनोट प्रतियोगितामा भएर प्रदेश छनोट खेल्न आएका हुन् । ज्याभलिङ थ्रो का खेलाडी हरिश साथीहरुले क्रिकेट हेर्न जाउ भनेपछि फाप्लामा आएको बताए । उडेर आएको बललाई पछाडी सरेर क्याच गर्न सफल भएको उनले बताए । नगद ५० हजार प्राप्त गरेका उनले त्यो रकमलाई आफ्नो खेलमा नै लगानी गर्ने बताए । उनले नगद ५० हजार सहित खल्तीको तर्फबाट एयर बड समेत पाएका छन् ।
प्रतियोगिताको फाईनल खेलमा दर्शकले क्याच गरेमा ब्रेड बक्सले नगद एक लाख प्राप्त गर्ने भएका छन् । त्यसका लागि दर्शकले टिकट काटेको हुनुपर्ने आयोजकले जनाएको छ ।
दशौ राष्ट्रियको छनोट खेल्न आएका बैतडीका हरिशले अर्जुन ट्रफीमा जिते नगद ५० हजार
दशौ राष्ट्रियको छनोट खेल्न आएका बैतडीका हरिशले अर्जुन ट्रफीमा जिते नगद ५० हजार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

