डडेल्धुरा: दाउरा लिन गएको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका –२ गांखेतको डोबरा भन्ने स्थानमा आज अपरान्ह ट्याक्टर दुर्घटना हुँदा चालक दलबहादुर बिष्टको मृत्यु भएको हो । सुप प्र ०१००२ त ६३८२ को ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी इन्सपेक्टर उपेन्द्र बमले जानकारी दिए । डोबरा गाउँबाट दाउरा ल्याउन जंगलतिर जाँदै गर्दा अनकन्ट्रोल भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले लगाएको उनले बताए । ट्याक्टरमा सवार अन्य तीन जनाले भने हाम फाल्नु भएको थियो । तीनै जना सकुसल हुनुहुन्छ । मृतक चालक स्थानीय डोबरा गाउँ निवासी रहेको उनले बताए ।
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

