धनगढी। कैलालीमा ३३ ग्राम बढी लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट ३३ ग्राम दुई सय ७० मिलिग्राम खैरी हेरोइनसहित ५ जनालाई पक्राउ गरिएको हो। धनगढी उपमहानगरपालिका- १ साथी होटल पछाडीको गल्लीबाट वडा नम्बर २ बस्ने २४ वर्षीय उमेश चौधरी र लखिमपुर पलिया भारत बस्ने २५ वर्षीय प्रदिप मौरेलाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट १० ग्राम लागूऔषध बरामद गरिएको छ। अछाम चौरपाटी गाउँपालिका- १ स्थायी घर भई कैलालीको धनगढी उपमहानगरपालिका- ४ बस्ने प्रियंका होटेल संचालक ३६ वर्षीय बिजय साउँदलाई पनि पक्राउ गरिएको छ। उनलाई तीन ग्राम तीन सय ८० खैरो हेरोइनसहित पक्राउ गरिएको हो। यस्तै कैलाली टिकापुर नगरपालिका- ९ खग्रौला चेक पोष्ट नजिक लम्कीचुहा- १ बस्ने वर्ष २२ को उपेन्द्र साउदलाई पनि पक्राउ गरिएको छ। उनलाई १९ ग्राम ६८० खैरो हेरोइन र लम्कीचुहा- २ मोतिपुर बस्ने वर्ष २० को रोशन शाहीलाई २ सत १० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
कैलालीमा ३३ ग्राम बढी लागूऔषधसहित ५ जना पक्राउ
कैलालीमा ३३ ग्राम बढी लागूऔषधसहित ५ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

