बैतडी: बैतडीकी हिमश्वेता भट्टले २२ वर्षको कलिलो उमेरमै कृषि प्राविधिकतर्फको अधिकृत सातौँ तहमा नाम निकाल्न सफल भएकि छिन् । बागमती प्रदेश लोक सेवा आयोगले लिएको कृषि अधिकृत सातौँ तहको परीक्षामा उनिपहिलो पटक सहभागी भएकि थिइन् । दशरथ चन्द नगरपालिका–५, नौहाट घरभएकी हिमश्वेता कृषि तथा वन विज्ञान क्याम्पस रामपुरबाट कृषि विषयमा स्नातक तह छिन् । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययन गरिरहेकै बेला बागमती प्रदेश लोक सेवा आयोगले दरखास्त आह्वान गरेपछि अनुभवका लागि आवेदन दिएको हिमश्वेताले बताइन् ।
उनले भनिन्, “उच्च शिक्षा अध्ययनसँगै लोक सेवाको पनि अनुभव हुन्छ भनेर दरखास्त दिएकी थिएँ । पहिलो प्रयासमै लोक सेवा पास भइयो । आयोग पास गरेर देशको सेवा गर्ने मौका पाउँदा खुसी लागेको छ ।” आयोग पास भएपछि उनि मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस हुनुभएको छ । सरकारले खटाएको कार्यक्षेत्रमा हाजिर हुन उहाँ शनिबार सुदूरपश्चिमबाट मकवानपुर पुगेकि छिन् ।