धनगढी: कञ्चनपुरमा एक गोठमा आगलागी हुँदा ३ लाखको क्षती भएको छ । बिहिबार भीमदत्त नगरपालिका – ३ तिलकपुरका कमला कठायतको गोठमा आगलागी भएको हो । प्रहरीका अनुसार इटाबाट बनेको र टिनले छाएको ३ कोठे कच्ची गोठमा निजले बालेको आगोबाट गोठ भित्र रहेको परालमा आगलागी हुँदा गोठमा रहेको अन्नपात, काठ लगायतका सामानहरु जलेर नस्ट भएका छन ।
आगलागीबाट एउटा भैँसी र पाडो जलेर घाईते भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।
कञ्चनपुरमा परालको आगो गोठमा सल्किदा ३ लाखको क्षती
कञ्चनपुरमा परालको आगो गोठमा सल्किदा ३ लाखको क्षती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

