धनगढी: रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले धनगढीबाट आफ्नो सेवा शुरु गरेको छ । ल्याव सम्बन्धी सम्पुर्ण सुबिधा सहित धनगढीको सेती प्रादेशिक अस्पताल अगाडीबाट रुद्राक्ष डायग्नोस्टिकले सेवा शुरु गरेको हो । सरकारी मुल्यमै ल्यावका सम्पुर्ण सेवा दिने उद्देश्य सहित डायग्नोस्टिक शुरु गरिएको सञ्चालक हरि धामीले बताए । डेढ करोड बढी लागतमा रुद्राक्ष डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर शुरु गरिएको उनले बताए ।
हाम्रो नारानै छ न्युन रकममा गुणस्तरिय सेवा सञ्चालक धामीले भने “सोही नारा अनुसार रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरको सेवा शुरु गरेका छौँ, सामान्य सुगर जाँच, बिभिन्न हर्मोन देखी क्यान्सर समेत पत्ता लगाउने उपकरण हामीसगं छन्, त्यही अनुसारको ल्यावका जनशक्ती हामीले राखेका छौँ, ल्याव असिस्टेन्ट, टेक्निसियन र बि.एम.एल.टी गरेका दक्ष जनशक्ती हामीसगं छन्, हामीले सक्दो ल्याव सम्बन्धी सबै सेवा दिन खोजेका छौँ ।” अन्य ल्याव भन्दा निकै कम मुल्यमा सेवा दिइरहेको सञ्चालक धामीले बताए ।