धनगढीः कैलालीको धनगढीस्थित नेतुवा तालमा डुबेर एक जनाको मृत्यु भएको छ। आज (शनिबार) धनगढी उपमहानगरपलिका–३ बिशालनगरस्थित नेतुवा तालमा डुबेर एक जनाको मृत्यु भएको हो। मृतक गोदावरी नगरपालिका–८ श्रीपुर बस्ने मानसिक अवस्था कमजोर भएका ३० वर्षीय कमल चौधरी भएको उनका दाई सीताराम चौधरीबाट खुलेको प्रहरीले बताएको छ। तालमा डुबेको खबर स्थानीयले गरेपछि तत्काल प्रहरी सहायक निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा ३ जना, वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी वरिष्ठ निरीक्षक गोपाल कार्कीको कमाण्डमा प्रहरी टोली खटिएर स्थानीय र धनगढी नगर प्रहरीको सहयोगमा उक्त तालबाट ती व्यक्तिलाई मृत अवस्थामा फेला पारी शव तालबाट निकालिएको छ।
धनगढीको नेतुवा तालमा डुबेर एक जनाको मृत्यु
धनगढीको नेतुवा तालमा डुबेर एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

