धनगढी: साउन २५ गते मलेसियामा मृत्यु भएका बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ ग्वानीका मान बहादुर बिष्टको परिवारलाई करिब ५ लाख आर्थिक सहयोग भएको छ । देश तथा बिदेशबाट बिष्टको परिवारलाई आर्थिक सहयोग भएको हो । परिवारका अनुसार हालसम्म ४ लाख ७३ हजार आर्थिक सहयोग उठेको हो । परिवारको भविश्य बनाउन मलेसिया गएका मान बहादुर उतै अस्ताएपछि परिवारको घाउमा मलम लाउने उद्देश्य सहित भारतमा रहेका समाजसेवी बिनोद बिष्ट लगायतले आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए । सो अभियानपछि ४ लाख ७३ हजार रकम बिष्टकी छोरी गिता बिष्टको खातामा पुगेको बताइएको छ ।
सुर्नया २ ग्वानी घर भएका अथवा बिभिन्न ठाउँमा बसोबास गर्ने ब्यक्तीहरुले आर्थिक सहयोग गरेका छन् । बिष्टका दुई छोरी र एक छोरा छन् । सो रकमले छोरा छोरीको पठन पाठनमा सहज हुने अपेक्षा लिइएको छ । कलेज शुल्क तिर्न भएपछि सो रकमले निकै राहत पुग्ने अभियन्ता बिनोृद बिष्टले बताए । रहनुपर्ने मान्छे नरहेपनि छोरा छोरीको पढाइमा असर नपरोस भनेर आर्थिक सहयोग अभियान चलाएको उनले बताए । करिब १० बर्षदेखी मलेसियामै काम गर्दै आएका बिष्टको गत साउन २५ गते उपचारको क्रममा मृत्यु भएको थियो । मलेसियाबाट ६ दिनपछि शव नेपाल ल्याएर ग्वानी स्थित बासुलिगं आर्यघाटमा बिष्टको अन्त्यस्ठी गरिएको थियो ।