धनगढी: कैलालीमा प्रहरीले एक बालकलाई अलपत्र अवस्थामा फेला पारेको छ । बिहीबार दिउँसो लम्कीचुहा नगरपालिका-६ स्थित स्याउले चोकमा अन्दाजी तीन वर्षको जस्तो देखिने बालकलाई हराएर हिँडिरहेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनले आफ्नो नाम सागर बताइरहेका छन् । उनलाई इप्रका लम्कीमा राखिएकाले बालकलाई चिन्ने जो कोहीले कार्यालयको सम्पर्क नम्बर ०९१-५४०१९९ र ९८५८४९०३०३ मा सम्पर्क गरी सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ ।
कैलालीमा एक बालक अलपत्र अवस्थामा फेला
कैलालीमा एक बालक अलपत्र अवस्थामा फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

