बैतडी : बैतडीमा टेलिकमको टावरमा तोडफोड गरिएको छ। अज्ञात समूहले सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको हो। स्थानीय गाजरी बजारबाट ३ घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको छ। टावरमा राखिएको कृषि विकास बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको छ। भदौ १५ गतेबाट बैङ्कमा इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड गरिएको अवस्थामा भेटिएको थियो। टावर क्षति भएको बारेमा जानकारी भएकाले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर खेमविक्रम केसीले बताए प्रहरी टोली पुगेपछि घटनाबारे थप अनुसन्धान थालिने केसीले बताए।
बैतडीमा टेलिकमको टावरमा तोडफोड
बैतडीमा टेलिकमको टावरमा तोडफोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

