बझाङको छबिसपाथिभेरामा पहिरो सँगै सेती नदीमा बगेका युवकको उद्धार गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–१ परिङ्गाल स्थित घर मुनिबाट सेती नदिले घरको छाना सहित बगाएका ३६ वर्षीय करन गिरीको उद्धार गरिएको हो । गिरी बुधबार राती सुतिरहेको बेला पहिरो खस्दा घरसहित सेती नदीमा खसेका थिए । नदीमा खसेपछि गुहार मागेका गिरीलाई स्थानीय दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले घाइते अवस्थामा उद्धार गरेको स्थानीय लक्ष्मीराज गिरीले बताए ।
घर सहित सेती नदीमा बगेका युवकको सकुशल उद्धार
घर सहित सेती नदीमा बगेका युवकको सकुशल उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

