धनगढी: नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठक धनगढीमा बसेको छ । परामर्श बैठकमा भाग लिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित शीर्ष नेताहरू धनगढीमा छन् । बैठकमा नेतृत्व परिवर्तन देखी प्रदेश ससंदिय दलमा देखिएको बिवाद बारे प्रश्न उठेका छन् । बुधबार पार्टी केन्द्रिय सदस्य र प्रदेश पदाधिकारीको सयुंक्त बैठकमा सहभागी हुन माओवादी अध्यक्ष पुस्प कमल दाहाल (प्रचण्ड) सहित बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेल लगायत नेताहरु धनगढी पुगे । साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बिचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार बुधबार धनगढीमा सुदुरपश्चिम प्रदेशको बैठक बसेको पार्टी उप महासचिव समेत रहेका सुदुरपश्चिम इन्चार्ज गिरिराजमणी पोखरेलले बताए ।
अब भदौ १४ र १५ गते कर्णाली प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू सहितको परामर्श बैठक बस्ने छ । त्यस्तै, भदौ १६ र १७ गते लुम्बिनीमा, भदौ १९ र १९ गते तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक, भदौ २२ र २३ गते मधेश प्रदेशमा, भदौ २४ र २५ गते १ नं प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक बस्ने छ । त्यसपछि मोर्चा, बिभाग, प्रवास, ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक बस्ने पोखरेलले बताए । सबै प्रदेश, उपत्यका, प्रवास लगायतका बैठक सकेर सबैका सुझाव लिने र पार्टीलाई थप मजबुत बनाइने छ उप महासचिव पोखरेलले भने “त्यसै अनुरुप प्रदेशमा रहेका केन्द्रिय सदस्य र प्रदेश पदाधिकारीको बैठक राखेर छलफल गरिरहेका छौँ, यि बैठकका सुझाव लिएर आगामी कार्यक्रम तय गरिने छन्, पार्टीको आन्तरिक समस्या र भविश्य बारे समेत बैठकमा चर्चा भएका छन् ।”
बैठकमा पार्टी पुस्तान्तरण देखी पार्टीले लिएको लक्ष लगायतका बिषय उठेका छन् । पार्टीले सरकारको नेतृत्व गरेका बेला गरेका राम्रा र नराम्रा कामले पनि बैठकमा प्रवेश पाएको छ । यस सगैं माओवादीले दलित, आदिवासी लगायत पिछिडिएका बर्गको मुद्धा छोडेको हो की भन्ने बिषय बैठकमा उठेको थियो । केन्द्रमा पार्टी नेतृत्व हस्तान्तरणको बिषय उठेझैँ प्रदेशको बैठकमापनि त्यो बिषयले प्रवेश पाएको हो । बैठकमा बिषेशगरी साथीहरुले पार्टीलाई बलियो बनाउने खालका बिषय उठाउनुभएको छ पार्टी केन्द्रिय सदस्य कृष्ण कुमार चौधरीले भने “केन्द्रमा उठेको नेतृत्व पुस्तान्तरणको कुरापनि उठेको छ, तर त्यो अध्यक्ष प्रचण्डलाई केन्द्रित गरेर थिएन, समग्र नेतृत्वका लागी त्यो कुरा उठाइएको छ, पछिल्लो समय माओवादीले दलित, आदिवासी लगायत पिछिडिएको बर्गलाई हेरेनकी भन्ने परेको छ, त्यो बिषयले पनि प्रवेश पायो, माओवादीले पक्कै पिछडा बर्गको मुद्धा छोडेको होकी हामीले जनतासम्म जान नसकेका हौँ, यि सगैं पार्टीलाई बलियो शक्तीका रुपमा स्थापित गर्ने बिषयलै बढी उठ्यो ।”
बैठकमा सुदुरपश्चिम प्रदेशमा देखिएको ससंदिय दल सम्बन्धी बिवादलेपनि प्रवेश पाएको छ । संसदीय दलको नेताले केन्द्रको निर्देशनसमेत कार्यान्वयन नभएकोमा खगराज भट्टले स्थायी समिति बैठकमा प्रश्न उठाएका थिए । बैठकमा नेताहरुले केन्द्रको निर्देशन समेत पालना नभएको बिषय उठाएका थिए । सुदुरपश्चिम प्रदेश ससंदिय दलमा देखिएको बिवाद अध्यक्ष दाहाललेनै हल गरेर जाने जनाइएको छ । बिहिबार बिहान प्रदेश ससंदिय दलको बैठक राखेर अध्यक्ष दाहालले खगराज भट्टलाई दलको नेतामा पुनर्वहाली गरेर जाने पार्टी केन्द्रिय सदस्य समेत रहेका सुदुरपश्चिम प्रदेशसभा सदस्य शिव सिहं ओलीले बताए । पार्टी अध्यक्ष तथा महासचिवले समेत निर्देशन दिएको कुरालाई अवज्ञा गरेको बिषय बैठकमा उठेको छ ओलीले भने “पार्टी केन्द्रको निर्देशननै नमान्नु गैर राजनितिक बिषय हो भनेर कुरा उठेको छ, पार्टीका अन्य बिभिन्न बैठक देखी अहिले प्रदेशको बैठकमापनि त्यो बिषय उठेको छ, यसलाई अध्यक्ष कमरेडले गम्भिरताका साथ लिनुभएको छ, सायद भोली फर्किनु अघी समस्या समाधन गरेर जानुहुन्छ भन्ने लागेको छ ।”
माओवादी सुदुरपश्चिम प्रदेश ससंदिय दलको नेताबाट खगराज भट्टलाई बहुमतबाट हटाएर मान बहादुर धामीलाई चयन गरिएको थियो । त्यस यता ससंदिय दल र सदनमा निस्किृय देखिएका खगराज दलको नेतामा पुनर्वहाली हुने दावी गरिएको छ । यसका साथै परामर्श समितिको बैठकले पार्टी आन्तरिक बिवाद समेत समाधान गरी पार्टी निर्माणमा नेताहरुलाई एकमत बनाउने दावी गरिएको छ ।


