धनगढी: कैलालीको गोदावरीबाट एकैपटक १६ किलो बढी लागुऔषध बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीले शनिबार गोदावरी नगरपालिका – २ खानेपानीटोल बस्ने मंगला देवी धामीलाई १६ किलो १८० ग्राम लागुऔषध सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक ९डिएसपी० गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले ४५ वर्षिया धामीको घरबाटै उक्त मात्रामा लागऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
डिएसपी थापाले गोप्य सुचनाको आधारमा घरमा गई खानतलासी गर्दा उक्त मात्रामा लागुऔषध फेला परेको जानकारी दिए । ‘लागुऔषध ओसारपसार र कारोबार भैरहेको गोप्य सुचनाको आधारमा मेरो कमाण्डमा खटिएको टोलीले रितपुर्वक खानतलासीको पुर्जि लिएर खानतलासी गरेको थियो’ उनले भने ‘खानतलासीका क्रममा निज (धामी) को घरको कोठामा बोरा भित्र भुसामा लुकाई छिपाई राखेको लागू औषध (चरेश) बरामद गरेका हौ ।’


