धनगढी: धनगढीबाट अछाम जाँदै गरेको बसमा अवैध सामान बरामद गरिएको छ । सोमबार साँझ चौरपाटी गाउँपालिका –६ स्थित रहेको प्रहरी चौकी चौखुट्टेको चेक पोष्टमा धनगढीबाट मंगलसैन, अछाम तर्फ जांदै गरेको ना ५ ख २४७५ नम्बरको बसलाई चेकजाँच गर्दा अवैध सामान बरामद गरिएको हो । प्रहरीका अनुसार बसबाट बिल नभएका अन्दाजी २ लाख ३ हजार ४५० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले सामान सँगै घोडाघोडी नगरपालिका – १ सुख्खडका ३४ वर्षीय माधव बिकलाई पनि पक्राउ गरेको जनाएको छ ।
अछाम जाँदै गरेको बसमा अबैध सामान भेटियो
अछाम जाँदै गरेको बसमा अबैध सामान भेटियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

