धनगढी: कैलालीमा एक युवक पक्राउ परेका छन् । प्रहरीले एक जना फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमा जानकी गाउँपालिका-८ बस्ने २९ वर्षका दिनेश चौधरी रहेका प्रहरीले बताएको छ । प्रहरीका अनुसार जिल्ला अदालत कैलालीको फैसलाले उनलाई वन मुद्दामा १० दिन कैद सजाय र ८ हजार १२५ रुपैयाँ जरिबाना सुनाएको थियो ।
चौधरीलाई हिजो उनकै घर ठेगानाबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


