धनगढी: गत साउन २६ गते मलेसियामा अस्ताउका मान बहादुर बिष्टको अन्त्यस्ठी गरिएको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ को बासुलिगं घाटमा उनको अन्त्यस्ठी गरिएको छ । उनको शवलाई छोरा, दाई तथा भतिजहरुले दागबत्ती दिएका छन् । भई कामको सिलसिलामा मलेसियामा रहेका बिष्टको शुक्रबार काम सकेर साझँ कोठामा फर्केपछि एक्कासी टाउको दुखेको थियो । त्यसपछि साथीहरुले अस्पताल लगे पनि उनि बाँच्न सफल भएनन् । उपचारको क्रममा शुक्रबार राती १० बजे उनको मृत्यु भएको थियो । सोही दिनदेखी ग्वानी घर भई मलेसियामै कार्यरत पुर्ण बहादुर बिष्ट सहितको टोलीले मान बहादुरको छिट्टै पोस्टमार्टम गर्न आग्रह गरेका थिए ।
पोस्टमार्टम पश्चात हिजो बुधबार बिष्टको शव काठमाण्डौँ पगाइएको थियो । आज दिउँसो २ बजे शव बिष्टको घरमा पुर्याई आजै अन्त्यष्ठी गरिएको हो । ४५ बर्षीय बिष्टका श्रीमती, दुई छोरी र एक छोरा छन् । छोरा छोरीको भविश्य बनाउन परदेश हिनेका बिष्ट बाकसमा घर फर्किपछि सिगों गाृँउ शोकमा डुवेको छ । बिष्टको परिवारलाई आर्थिक सहयोग गर्न सामाजिक सञ्जाल मार्फत बिनोद बिष्ट, गणेस बिष्ट, कृष्ण बिष्ट लगायतले अभियान थालेका थिए । सो अभियानबाट बिष्ट परिवारलाई आर्थिक सहयोग आउने क्रम जारी छ ।


