धनगढी : कैलालीको अत्तरियामा करोडौं रुपैयाँ उठाएर अपि–सैपाल बचत तथा ऋण सहकारी संस्थामा लफडा मच्चिएको छ । सो सहकारीकी बजार प्रतिनिधी बिना चौधरी (योगी) झण्डै तीन करोड रुपैयाँ उठाएर फरार भएको भन्दै बचतकर्ताहरु आत्तिएका छन्। उनी करिब एक महिनादेखि सम्पर्कविहिन छन्। अत्तरियाका व्यापारी सुनिल पन्तबाट मात्र २८ लाख रुपैयाँ लगेको खुलेको छ। विभिन्न व्यक्ति तथा व्यापारिबाट गरेर करिब ३ करोड रुपैयाँ उठाएर उनी फरार भएको पन्तले बताए। घर बनाउन जम्मा गरेको २८ लाख रुपैयाँ लगेर बिना फरार भएपछि समस्यामा परेको पन्तले बताए।
बिनाले आफै कार्यरत रहेको सहकारीबाट समेत पैसा लगेर फरार भएको सहकारीका अध्यक्ष ललित रोकायाले बताएका छन् । सहकारीकै ५र७ लाख रुपैयाँ लगेर फरार भएको उनले बताए। यो विषयमा प्रहरीलाई जानकारी गराइसकिएको छ। खोजीकार्य जारी नै छ। सहकारीको नाममा पैसा उठायो भन्ने गुनासो हामीसँग आएको छैन्। कसैले प्रमाणसहित आयो भने हामी रकम फिर्ता गर्न तयार छौँ।’