बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक अवरुद्ध भएको छ । उक्त सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुहरुलाई समस्या भएको छ । ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताएका छन् ।
ढोल्यामोड–हाट सडकको खामोहाले, गोफाखोला नजिक, सनगाउँ, बडगाउँ विद्यालय नजिकै पहिरो खसेको ऐरले बताए । अवरुद्ध सडक सुचारु नहुँदा स्थानीयबासिन्दाहरु मारमा परेका छन् । चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरु समेत ढोल्यामोडबाट पैदल हिँड्न बाध्य भएका बताइको छ । उक्त सडकमा खसेको पहिरो पन्छ्याउनका लागि कसैले पहल नगरेको स्थानीयहरुले गुनासो गरेका छन् । अवरुद्ध सडक खुलाउनका लागि नगरपालिकाले समेत पहल नगरेको भन्दै आलोचना भइरहेको छ । पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध हुँदा दैनिक सैयौं यात्रुहरुले सास्ती भोग्नुपरीरहेको स्थानीयहरुले बताएका छन् ।
ढोल्यामोड–हाट सडक स्तरोन्नतीको काम भइरहेको छ । सडक चौडा गर्ने क्रममा नयाँ कटिङ गरेका ठाउँमा पहिरोको जोखिम बढी देखिएको छ ।